AnonymousUser

Logout

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

बेलायतले स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा रोजगारी अभियान चलाउने

पछिल्लो योजनाले सन् २०३७ सम्ममा एनएचएसमा थप ६० हजार चिकित्सक, एक लाख ७० हजार नर्स र ७१ हजार स्वास्थ्यकर्मी थप गर्ने सरकारको अनुमान छ।

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिबानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, शेयर र अन्य सम्पत्ति जफत हुने फैसला भएको छ।

बाँच्ने आस देखाउने त्यो काठमाडौँ, अहिले पलपल तर्साइरहेछ

वर्षात‍्को बाढी र महानगरबाट विस्थापनको त्रास लिएर बाँचेका घरबारविहीनहरू भन्छन्– ‘राज्यका नागरिक हामी पनि हौँ। बाँच्न पाउने अधिकार हाम्रो पनि छ। हामीलाई कतै व्यवस्थापन नगरी लखेटेर यो राज्यले के पाउँछ?’

अधिकारको पक्षपोषणका नाममा जिल्ला प्रवेश रोक्नु सह्य हुँदैन: सरकार

प्रदेशको नामकरणमा असन्तुष्टि जनाइँदै भइरहेको आन्दोलनमा अराजकता प्रदर्शन गर्नेहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउने मन्त्री शर्माको भनाइ छ।

खिमलाल देवकोटाको प्रश्‍न– सत्तारूढ दलका नेता र मन्त्रीको क्षेत्रमा बजेट छुट्याउन संघीयता ल्याइएको हो?

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालीन समयको जस्तो’ भएको टिप्पणी गरेका छन्।

देशको अर्थतन्त्र बढाउने र आमजनताको पहुँच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री

शब्दजालभन्दा पनि आर्थिक वृद्धिलाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाइ छ।

असार १५ : गत वर्षको तुलनामा आधा पनि भएन रोपाइँ

गत वर्ष असार १५ गतेसम्ममा २५ प्रतिशत धान रोपाइँ सकिएकोमा समयमा पर्याप्त वर्षा नहुँदा यस वर्ष त्यसको आधा पनि रोपाइँ हुन सकेको छैन।

ललिता निवास जग्गा प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

मल वितरणमा बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याउने कृषिमन्त्रीको चेतावनी

कृषिमन्त्री डा. वेदुराम भुसालले बाँझो जमिन उपयोगका लागि कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग रहेको आरोप लगाएका छन्।

जनताको उपचार गर्ने राज्यको दायित्वबाट पन्छिँदैनौँ: स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत सरकार जस्तोसुकै अप्ठ्यारो परिस्थितिको सामना गरेर भए पनि नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताउँछन्।

अर्थमन्त्री महतद्वारा राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८०’ पेश

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन्।

भाषा र संस्कृति पर्यटन प्रवर्द्धनको मुख्य आधार बन्न सक्छ: देउवा

पार्टीले चाहेर पनि आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन नसकेको देउवाले स्वीकारेका छन्।

कोशीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत खसेको छ। विपक्षमा ४३ मत खसेको छ। बहुमत पुर्‍याउन ४७ मत आवश्यक पर्छ।

एसीसी इस्ट जोन कप: आकाशको अलराउन्ड प्रदर्शनसँगै नेपाल समूह विजेता

शुक्रबार सम्पन्न खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ। नेपालका आकाश धामीले सर्वाधिक ४ विकेट लिए।

एमालेप्रति कानूनमन्त्रीको कटाक्ष– भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन

भ्रष्टाचारका ठूला फाइलहरू खोल्न थालेपछि सरकार ढल्छ भनेर समाजमा भ्रम फैलाइएको मन्त्री गुरुङको भनाइ छ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्।

कृषिप्रधान देश भएकैले हामीलाई नाकाबन्दीले पनि गलाउन सकेन: ओली 

कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्‍याउनुपर्ने ओलीको भनाइ छ। 

शैक्षिक परामर्श संघको अध्यक्षमा बस्नेत र निरौलाको उम्मेदवारी घोषणा

उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला छन्। दुवैले शैक्षिक परामर्श व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हुथी विद्रोहीद्वारा युद्धको चेतावनी, वार्ताका क्रममा सरकारले बेइमानी गरेको आरोप

सन् २०२२ अप्रिल २ देखि युद्धविराम गर्ने सहमति भएपछि करिब एक वर्ष छिटफुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन्।