AnonymousUser

Logout

आउँदो वर्ष खेलकुदको बजेट बढाउने प्रधानमन्त्रीको घोषणा

ललितपुरमा निर्मित च्यासल रंगशालाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्ष खेलकुदको बजेटमा बढोत्तरी गर्ने घोषणा गरेका हुन्।

बाख्मुत शहरको अवस्था कठिन बनिरहेको छ : जेलेन्स्की

रुसी आक्रमणबाट बाख्मुत शहरका संरचना ध्वस्त बनिरहेको र त्यहाँको जनजीवन कठिनपूर्ण बन्दै गएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

जनमत पार्टी सरकारबाट बाहिरिने परिस्थिति बनेको छैन: सीके राउत

दलहरू फेरिने भए पनि सरकार नफेरिएकाले जनमत पार्टी सरकारमा यथावत् रहेको उनले स्पष्ट पारे।

सेनाको डिजिटल अभिलेख सुरक्षित छैन, टर्कीमा मलाई जर्साबहरूका इमेल खोलेर देखाइयो : आरजु राणा

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नभएको बताएकी छन्।

यू–१९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपाल १० विकेटले विजयी

नेपालले मलेसियाले दिएको ७३ रनको लक्ष्य ९ ओभरको समाप्तिमा विकेटको क्षतिबिना पूरा गर्‍यो।

सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने बताएका छन्।

एनएसजेएफ स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक 

वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटकी रुबिना क्षेत्री र सीता राना मगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिडकी पुनम रावल परेका छन्।

राष्ट्रपति र उपराष्ट्रपति चुनिएपछि रिक्त हुने क्षेत्रमा वैशाख १० मै उपनिर्वाचनको तयारी

निर्वाचन आयोगले राष्ट्रपति वा उपराष्ट्रपति निर्वाचनपछि रिक्त हुने निर्वाचन क्षेत्रहरूमा वैशाख १० गते नै निर्वाचन गर्ने तयारी थालेको छ।

यू–१९ विश्वकप छनोट : मलेसियाद्वारा नेपाललाई ७३ रनको लक्ष्य

नेपालका दीपेश कँडेलले १० ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए।

नर्दन आयरल्यान्डसम्बन्धमा नयाँ सम्झौता, कस्तो छ ‘विन्डजर फ्रेमवर्क’?

व्यापारिक मार्ग, कर, औषधिलगायत विषयमा नयाँ सम्झौता भएको हो। बेलायतबाट नर्दन आयरल्यान्डका लागि ढुवानी हुने सामग्रीका लागि अब दुई वटा मार्ग प्रयोग हुनेछ।

चितवन मेडिकल कलेजमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो घटना रहेको कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा. डा. अनिल आचार्यले बताए।

वार्षिक अर्बमा भन्सार राजस्व उठ्ने वस्तुको आयात घट्दै

सरकारले गाडी, मोटरसाइकल, महँगा मोबाइल र विदेशी मदिरालगायत बिलासी वस्तु आयातमा रोक लगाएको थियो। तर, गत पुस १ गतेबाट यस्तो प्रतिबन्ध हटाइसकेको छ।

राष्ट्रपतिका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिनसक्ने

निर्वाचन कार्यतालिका अनुसार आयोगले आजै राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

सप्तरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

दुर्घटनामा सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

राष्ट्रपतिमा पौडेललाई भोट हाल्न अनुरोध गर्दै ओलीलाई देउवाको पत्र

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले ओली निवास बालकोट पुगेर बुझाएको पत्रमा देउवाले राष्ट्रपतिमा पौडेललाई विजयी गराउन उपयुक्त हुने उल्लेख गरेका छन्। 

डायलासिसका लागि पालो पाउनै मुस्किल

तनहुँको दमौली अस्पतालस्थित मिर्गौला उपचार केन्द्रमा ५० जना बिरामीले डायलिसिस सेवा लिइरहेका छन्।

नाबालिग बलात्कार आरोपमा चिनियाँ नागरिकमाथि अनुसन्धान जारी

ललितपुरमा व्यवसाय गर्दै आएका चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ। 

मेस्सीले जिते फिफा वर्ष खेलाडीको उपाधि

उत्कृष्ट महिला खेलाडीको उपाधि स्पेन तथा बार्सीलोनाकी मिडफिल्डर एलेक्सिया पुटेलसले जितेकी छन्।  

कस्तो छ आजको मौसम?

दिउँसो पहाडी भागमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। 

ओलीले राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरेँ : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको बताएका छन्।