पहिरो झरेर सडकमा थुप्रिएकाले पन्छाउन कम्तीमा सात घण्टा लाग्ने प्रहरीले जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएकाे छ।
हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आए पनि नेपाल चामलमा परनिर्भर छ।
प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन्।
बिहीबार बेलुका प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ।
सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन्।
देशको संघीय राजधानीका दुई महानगरको ट्राफिक व्यवस्थापन शैली ठ्याक्कै उल्टो छ। काठमाडौँ महानगरले सडक किनारामा पार्किङलाई पूरै निषेध गरेको छ भने ललितपुर महानगरले सडकमै निःशुल्क पार्किङको सुविधा दिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कांग्रेससँग छलफल नभएको, दोस्रो तहका नेताबीचको कुराकानीबारे आफू जानकारी नरहेको बताएका छन्।
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले सर्वोच्च बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।
एडीबीले आन्तरिक र बाह्य व्यापारको नीतिगत सुधार कार्यान्वयनका लागि नेपाललाई ५ करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको जनाएको छ।
कृषि अनुसन्धानको लागि स्थापित नार्कमा राजनीति बढी र अनुसन्धान कम हुँदा त्यसको असर कृषि विकासमा परिरहेको छ। कृषिमन्त्रीहरूको हस्तक्षेप र बजेट अभावमा नार्कले प्रभावकारी अनुसन्धान गर्नै सकेको छैन।
फ्रान्सको राजधानी पेरिसमा सवारी चालक रहेका १७ वर्षीय किशोरको प्रहरीले गोली हानी हत्याको घटनापछि एक दर्जनभन्दा बढी शहरमा रातभर हिंसात्मक आन्दोलन चर्किएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौलिकताबिनाका आन्दोलन सफल हुन नसक्ने बताए।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत नदिए तत्कालै प्रदेशसभा विघटन हुने र मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने बताएका छन्।
गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरूसँग तस्वीर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरू रोक्न जरुरी रहेको बताए।
यस्तो फैसलाले समाजमा चालक अनुमतिपत्र नै नलिई सवारी साधन चलाएर जोसुकैको ज्यान लिने र ६ महिना जेल बसेर उन्मुक्ति खोज्ने आपराधिक प्रवृत्ति फस्टाउने भन्दै कानूनव्यवसायीले चिन्ता प्रकट गरेका छन्।
विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान शाखा आईएआरसीले कृत्रिम गुलियोमध्ये ‘एस्पार्टेम’लाई क्यान्सरकारक सूचीमा राख्ने तयारी गरेको छ।
विभागका महानिर्देशक ढकालले औषधिको गुणस्तरीयताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई गुणस्तर परीक्षण गराइ बिक्री वितरण गर्न अनुरोध गरेका हुन्।
जिल्लामै पहिलो पटक स्थानीय जनशक्तिलाई तत्कालै रोजगारी उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको मध्यपुरथिमि नगरपालिकाले जनाएको छ।
अहिले २१ वटा वाणिज्य बैंकसँग करिब साढे ३ खर्ब लगानीयोग्य रकम छ। कुनै समय रकम अभावमा कर्जा प्रवाह गर्न नसकेका बैंकहरूले पैसा भएर पनि लगानी गर्न सकेका छैनन्।