AnonymousUser

Logout

देशभर सात हजार ७३३ जनामा डेंगी संक्रमण, सबैभन्दा धेरै संक्रमित धरानमा

नेपालमा सात हजार ७३३ जनामा डेंगी संक्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

सभामुखले बोलाएको शीर्ष नेताको बैठक बिनानिष्कर्ष टुंगियो, पुनः साढे ३ बजे बस्ने 

सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा बोलाएको शीर्ष दलका नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ। अर्को बैठक सोमबार नै साढे ३ बजे बस्ने भएको छ।

नियम उल्लंघन गर्ने हिमालयन र कुमारी बैंकलाई राष्ट्र बैंकले तिरायो जरिबाना

राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै हिमालयन र कुमारीसहित तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ।

उत्तराखण्ड पहिरोमा बेपत्ताहरूको खोजी गर्न कुकुर परिचालन

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पहिरोमा अझै ११ नेपाली हराइरहेको जानकारी दिए।

एमालेको अवरोधपछि राष्ट्रिसभा बैठक बुधबारसम्म स्थगित

प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि सोमबार बोलाइएको राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। 

कम्बोडियामा निवर्तमान प्रधानमन्त्री हुन सेनका छोरा हुन मानेट बने नयाँ प्रधानमन्त्री

करिब चार दशक सत्तामा रहेका कम्बोडियाली नेता हुन सेनले प्रधानमन्त्री पद त्याग गरेका छन्। उनले आफ्नै छोरा हुन मानेटलाई नयाँ प्रधानमन्त्री नियुक्त गराएका छन्।

मुग्लिन–मलेखु सडक: चितवन खण्डमा पनि विस्तार शुरू, ९ मिटर चौडा कालोपत्र हुने

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति भएपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ। बजार क्षेत्रमा भने चारदेखि ६ लेनको सडक निर्माण हुने छ।

संसद्का विषयगत समितिमा सत्तागठबन्धन र एमालेबीच भागबन्डा

सत्तारुढ दलहरू र प्रमुख प्रतिपक्ष एमालेका प्रमुख सचेतक र सचेतकहरूको बैठकले संसदीय समितिको भागबन्डा टुंग्याउँदा चौँथो ठूलो दल रास्वपा र पाँचौँ राप्रपालाई बाहिर राखिएको छ।

काठमाडौँको नमूना सामुदायिक विद्यालय, जहाँ छन् ‘स्मार्ट’ शिक्षक र विद्यार्थी (भिडियो कथा)

ज्ञानोदय माविले २०५२ सालदेखि एसएलसीमा शतप्रतिशत नतिजा ल्याउन थालेको थियो। यो परम्परा एसईईमा पनि कायम छ। व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिएको विद्यालयका कक्षाकोठा आधुनिक प्रविधियुक्त छन्।

रकम भुक्तानी माग गर्दै निर्माण व्यवसायीले गरे सिठी जुलुस

रकम भुक्तानी माग गर्दै निर्माण व्यवसायीहरूले बिजुलीबजारदेखि बानेश्वरसम्म सिठी जुलस प्रदर्शन गरेको छ। केही दिनदेखि व्यवसायीहरू चरणबद्ध आन्दोलनमा छन्।

लिग कप: मेस्सी प्रेरित मियामी क्वार्टरफाइनलमा

नियमित समयमा मेस्सीको २ गोलसँगै मियामी र डालासले ४-४ गोलको बराबरी खेलेका थिए। तर पेनाल्टी सुटआउटमा विजयी हुँदै मियामी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

सर्वोच्च अदातलले मन्त्रिपरिषद्को निर्णयमा संलग्नहरूमाथि पनि अनुसन्धान गर्न आइतबार नेपाल प्रहरीसमेतलाई आदेश दिएसँगै तत्कालीन प्रधानमन्त्री तथा विभागीय मन्त्रीहरू अनुसन्धानको दायरामा परेका हुन्।

संसदको अवरोध हटाउने विषयमा सभामुखले शीर्ष दलका प्रमुख नेतासँग छलफल गर्ने

सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले शीर्ष दलका प्रमुख नेतालाई बैठकका लागि बोलाएका छन्।

सर्वोच्चको आदेशपछि बाबुराम भट्टराईको टिप्पणी- मेरो प्रमकालमा भएका निर्णयहरूको निष्पक्ष छानबिन होस्

सर्वोच्चको आदेशसँगै ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेपछि भट्टराईले छानबिन भएमा सहयोग गर्ने बताएका छन्।

मनसुनको न्यूनचापीय रेखा नेपालतिर सर्‍यो, सोमबारबाट अधिक वर्षा हुने

अहिले बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालतिर सरेका कारण सोमबारदेखि तुलनतात्मक रूपमा बढी पानी पर्नेछ।

दीपेन्द्र सम्मिलित टाइगर्सले जित्यो ग्लोबल टी२० को उपाधि, फाइनलमा सन्दीपको टिम पराजित

फाइनलमा १७ बलमा १६ रन मात्र बनाएका दीपेन्द्रले आवश्यक गतिमा रन बनाउन नसकेपछि प्रशिक्षकले 'रिटायर्ड आउट' गराएर आन्द्रे रसेललाई क्रिजमा पठाएका थिए। फाइनलमा अर्का नेपाली खेलाडी सन्दीप पनि विकेटविहीन भए।

ललिता निवास प्रकरणमा सर्वोच्चको आदेश के हो, कसरी तानिन्छन् पूर्वप्रधानमन्त्रीहरू?

सर्वोच्चले आइतबार दिएको आदेशपछि पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि ललिता निवास प्रकरणमा अनुसन्धान गर्ने बाटो खुलेको छ। के प्रहरी अनुसन्धान अब त्यता सोझिन्छ? नसोझिए के होला?

द्वन्द्वकालका पीडकलाई उन्मुक्ति दिए आन्दोलनमा जाने चेतावनी

मानवअधिकार तथा शान्ति समाजले सरकारबाट सशस्त्र द्वन्द्वकालका पीडकलाई आममाफी दिने काम भए राष्ट्रिय रूपमै आन्दोलन गर्ने चेतावनी दिएको छ।

सभामुखले सदनको अवरोध हटाउनेबारे सोमबार शीर्ष नेतासँग छलफल गर्ने

सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा सोमबार शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।

माओवादी केन्द्रले तीन महिने अभियान चलाउने, अध्यक्ष दाहाल सात प्रदेशका सात वडामा पुग्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको छ। अभियान सञ्चालनका क्रममा सात प्रदेशका सात वडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल आफैँ सहभागी हुने भएका छन्।