AnonymousUser

Logout

काठमाडौँको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु, आमा घाइते

अविरल वर्षासँगै शनिबार राति ९ बजेतिर गएको पहिरोले स्थानीय गणेश तामाङको घर पुरेको थियो। 

भारतमा कार दुर्घटना: एकै परिवारका ६ नेपालीको मृत्यु

भारतको श्रावस्ती जिल्लास्थित इकौनामा कार दुर्घटना हुँदा नेपालगन्ज–११ त्रिभुवनचोकका छ जनाको मृत्यु भएको छ। वैभवबाट नेपाल फर्कने क्रममा दुर्घटना भएको हो।

तनहुँमा उत्पादित कागतीखेतीले पाएन बजार 

तनहुँमा गत वर्ष ५०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४५० मेट्रिक टन कागती उत्पादन भएको थियो। तर, कागतीले बजार नपाउँदा किसान निराश छन्।

दीपेन्द्र सम्मिलित टाइगर्स फाइनलमा, उपाधिका लागि सन्दीपको टिमसँग खेल्ने

मोन्टरियल टाइगर्सलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा शेर्फान रदरफोर्डले लगातार तीन छक्का हान्दै खेल जिताएका थिए। दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान दिए।

उत्तराखण्ड पहिरोमा १९ जना बेपत्ता भएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डमा पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

यू–१६ : आर्मीमाथि पुलिसको जित, एपीएफ र चर्च ब्वाइजको बराबरी

पुलिस क्लबले एन्फा यू–१६ युथ फुटबल लिगमा आर्मीमाथि ६–१ को रबाफिलो जित निकालेको छ।

स्रोत सुनिश्चित नगरी ठेक्का लगाउँदा समस्या देखियो : अर्थमन्त्री

अर्थमन्त्री महतले स्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायको समस्या समाधान गर्न कठिनाइ भएको बताएका छन्।

हेरिटेज टुर बसः पर्यटनमन्त्री किरातीको 'दबाबमा' शुरू, बजेट सकिएपछि दुई महिनामै बन्द

पर्यटन मन्त्रालयको पहलमा नेपाल पर्यटन बोर्डले सहयोग गरेपछि साझा यातायातमार्फत सञ्चालन गरिएको ‘हेरिटेज टुर बस’ दुई महिनामा नै बन्द भएका छन्। बजेट सकिएपछि सेवा बन्द भएको बोर्डले जनाएको छ।

माओवादी केन्द्रीय सदस्यहरूको जोड – सुन तस्करीमा नाम जोडिएका नेताहरूमाथि छानबिन गरियोस्

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम ‘भेप’मा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै केन्द्रीय सदस्यहरूले उनीमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन्।

चिकित्सकको सुझाव : आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गरौँ

चिकित्सकले कोभिड–१९ झैँ हातको सरसफाइ, सामाजिक दूरी कायम गर्न सके आँखा पाक्ने रोगबाट बच्न सकिने सुझाव दिएका छन्।

मणिपुर हिंसामा तीन जनाले ज्यान गुमाए

तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन्।

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ।

इमरान खान पक्राउ, भ्रष्टाचार कसुरमा अदालतले सुनायो ३ वर्ष जेल सजाय

इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले अदालतको आदेशलाई पक्षपाती भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ।

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन्।

परराष्ट्र मामिलामा देशभित्रका शक्ति एकजुट हुनुपर्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र हितका विषयमा दलहरू मिल्नुको विकल्प नरहेको, तर सरकार यसमा गम्भीर नभएको बताएका छन्।

सुडानमा डेढ लाख बालबालिकालाई मानवीय सहयोग आवश्यक: युनिसेफ 

सुडानमा दुई करोडभन्दा बढी मानिसले गम्भीर भोकमरीको सामना गरिरहेका छन्। जुन संख्या गत वर्षको तुलनामा झन्डै दोब्बर हो। 

मछिन्द्रसँगको खेलका लागि काठमाडौँ आइपुग्यो पारो एफसीको टोली

पारो र मछिन्द्रबीचको खेल साउन २३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। उक्त खेल जित्ने टिमले साउन ३१ गते मोहन बगान सुपर जायन्टको सामना गर्नेछ। 

न्यायालय सुधारको पाइला चाल्न सकेँ, धेरै कुरा गर्न बाँकी छन्: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश कार्कीले राजनीतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालय न्यायाधीश बिनाको हुने अवस्था आएको बताएका छन्। समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतहरू रित्तिँदै गएको उनको भनाइ छ।

भारत उत्तराखण्डमा पहिरो: जुम्लाका एकै परिवारका ६ सहित ११ जना बेपत्ता 

केदारनाथमार्गस्थित गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा जुम्लाको पातारासी गाउँपालिका वडा नं २ र ३ घर भएका ११ जना परेका हुन्। 

लम्पी स्किन महामारी: खोटाङमा ७३६ गाई/गोरु मरे, ५०० भन्दा बढी बिरामी

लम्पी स्किन रोगका कारण पशुचौपाया धमाधम मर्दा र रोपाइँ प्रभावित हुँदासमेत यसको नियन्त्रणमा कसैको ध्यान नपुगेको किसानको गुनासो छ।