AnonymousUser

Logout

पाकिस्तानमा रेल दुर्घटना हुँदा २८ जनाको मृत्यु

पाकिस्तानको कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेसननजिकै दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ।

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद‍्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतको यो आदेशसँगै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।

पार्क मासेर शौचालय बनाउन पोखरा महानगरले गरेको सम्झौता विवादमा

शौचालय निर्माणमा स्वार्थ बाझिएको भन्दै अदालत गएका स्थानीय युवा अभियन्ता अनिल थापाले सार्वजनिक शौचालय निर्माणको विषय स्वागतयोग्य भए पनि तेस्रो पक्ष खडा गरेर महानगरले संशय पैदा गराएको बताउँछन्।

‘माओवादी केन्द्र एकढिक्का भएको छ, फेरि देशको नेतृत्व लिनेगरी अघि बढ्छ’

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विधि, पद्धतिभन्दा बाहिर नजाने दाबी गर्दै सिंगो पार्टी मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडि बढ्ने बताएका छन्।

विद्युतीय कारोबार गर्ने गुगलसहित ६ विदेशी कम्पनीले तिरे १० करोड कर

आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा करबापत हालसम्म गुगल, लिंक्डइनसहित ६ विदेशी कम्पनीबाट करिब १० करोड रुपैयाँ राजस्व संकलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ।

सर्वोच्च अदालतको नेतृत्व वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई

संवैधानिक परिषद्को बैठकले नेपालको ३१औँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठलाई नै सिफारिस गरिसकेको छ।

१०० किलो सुन तस्करी प्रकरण अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीलाई, राजस्व अनुसन्धान विभागले बुझायाे सबै विवरण

विभागले अहिलेसम्मको अनुसन्धान लगायतका सबै विवरणसहित अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको छ।

मानवअधिकार उलंघनको घटनामा संलग्नहरूलाई आममाफी दिन सकिँदैन: रमेश लेखक

कांग्रेस प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, मानवअधिकार रहने, कानूनको शासन जीवित रहने र दण्डहीनता समाप्त हुने ढंगले टीआरसी विधेयक सांसदबाट पारित गराइने बताए।

नेप्से ३८.३७ अंकले घट्यो, २ अर्ब ६८ करोडको कारोबार

आइतबारको कारोबारपछि नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा सीमित भएको छ।

तीन अर्ब बढीको कपाल स्याहारका सामग्री आयात, ‘फेसक्रिम’ किन्न ७८ करोड बाहिरियो

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार सिन्दूर, टुथपेस्ट, कपाल स्याहारसहित शृङ्गारका सामग्री आयातका लागि ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ।

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासमा राजेन्द्र शाक्यसहित सात खेलाडी दोस्रो चरणमा प्रवेश

घरेलु स्क्वासको सबैभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ।

सदनमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै नेतृत्वप्रति एकीकृत समाजवादीका नेताहरूको असन्तुष्टि

नेकपा एकीकृत समाजवादीका नेताहरूले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको छ : मन्त्री साउद

मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका छन्।

पाँचौँ गणेशमान सिंह बक्सिङ भदौ तेस्रो साता 

ललितपुर किकबक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङ्‌गाउँमा सञ्चालन हुनेछ।   

उत्पादनमा कमी र भारत निर्यात हुन थालेपछि गोलभेँडाको मूल्य वृद्धि: व्यावसायी

अहिले टनेल बाहिरको गोलभेँडा प्रतिक्रेट दुई हजार ५०० र टनेलभित्रको दुई हजार ८०० रुपैयाँ पुगेको छ। भारतमा दुई हजार ८०० प्रतिक्रेटमा निर्‍यात भइरहेको छ।

बुंगतीको ७० लाख इँटा बिक्री भएन, उद्योग नै संकटमा

बुंमती क्षेत्रमा सञ्चालित इँटाभट्टामा करिब दुई हजार बढीले रोजगार पाएका छन्। तर, यहाँ उत्पादित इँटा बिक्री नहुँदा उद्योग नै बन्द हुने अवस्था पुगेका छन्।

कम्बोडियामा सत्तारुढ सीपीपीलाई बहुमत, हुन सेन पुनः प्रधानमन्त्री बन्ने

निर्वाचन भएको १२५ सिटमध्ये सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी)ले १२० सिटमा जित हासिल गरेको छ।

पदमार्ग सहज भएसँगै हिमतालमा पर्यटकको आकर्षण

अन्नपूर्ण पदमार्गमा लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन्। यही पदमार्ग हुँदै पर्यटक हिमतालसम्म पुग्ने गर्छन्। 

महिला क्रिकेट टिमको सल्लाहकार प्रशिक्षकमा पल्सीकार नियुक्त

पूर्वभारतीय खेलाडी पल्सीकार भारतीय र बंगलादेश महिला क्रिकेट टोलीको सहायक प्रशिक्षक भइसकेकी छन्। 

काठमाडौँको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु, आमा घाइते

अविरल वर्षासँगै शनिबार राति ९ बजेतिर गएको पहिरोले स्थानीय गणेश तामाङको घर पुरेको थियो।