वर्षाका कारण विष्णुमती, धोबिखोला, मनोहरा, हनुमन्तेलगायत खोलामा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
दुवै स्थानमा वर्षा नरोकिएकाले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० सदस्य मनोनयन गरेका हुन्।
दिउँसो मधेश, बागमती र गण्डकी तथा कोशी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। मधेश र बागमतीका केही स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
किंग्स कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल पुलिस क्लब र नेपाल गणतान्त्रिक महासंघबीच हुने भएको छ।
प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश रेग्मीले २०६१ सालमा ललिता निवासका तीन कित्ताको ११ आना २ पैसा २ दाम जग्गा लिएका थिए। त्यसमध्ये १ आना १ पैसा आफूसँग राखेर उनले अरू जग्गा बिक्री गरेका थिए।
एएफसी कपको प्रारम्भिक चरणमा मछिन्द्र फुटबल क्लबले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै छ। दुवै टोली एएफसी कपको दोस्रो चरणमा पुग्ने लक्ष्यसाथ मैदान उत्रिँदै छन्।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विवादास्पद छविका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्ने सरकारको निर्णयप्रति आफ्नो पार्टीको प्रष्ट विमति रहेको बताए।
एमाले सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कामबाट ढुक्क हुन नसकेको बताएका छन्।
सरकारले सदनमा ल्याएको विद्युतीय व्यापार विधेयकका प्रावधानले ई–कमर्स उद्योगमा उदाउँदा साना तथा मझौला उद्यमीलाई विस्थापित र ठूला घरानालाई परिपोषित गर्ने भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्।
मुख्य सुरुङ छिचोल्न बाँकी भए पनि आकस्मिक सुरुङबाट अबदेखि धादिङ–काठमाडौँ वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए।
सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न ढाकेको प्रधानमन्त्रीसहित शीर्ष नेताबीचको बैठक विनानिष्कर्ष टुंगिएको छ।
प्रतिनिधिसभाको सोमबारका लागि डाकिएको बैठक सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित भएको छ।
ज्येष्ठ नागरिक, अन्य ज्येष्ठ नागरिक र दलित नागरिक, एकल महिला, विधवा, पूर्ण अपांगता भएका, अति अशक्त अपांगता, लोपोन्मुख जाति र बालबालिका गरी सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही आठ प्रकारका रहेका छन्।
सोमबार बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।
मुलुकका अधिकांश स्थानमा पटक–पटक अकस्मात् बिजुली जाने ‘ट्रिपिङ’को समस्या बढेको छ। यसबाट आम उपभोक्तालाई असुविधा हुनुका साथै उद्योगीहरूले दैनिक करोडौँ रुपैयाँ घाटा ब्यहोरिरहेका छन्।
मछिन्द्रले मंगलबार एएफसी कपको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्दै छ।
सीआईबीले एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अघि बढाएको छ। यो प्रकरणको छानबिनका लागि प्रहरी उपरीक्षक सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेको छ।