AnonymousUser

Logout

प्रश्न उठेपछि राष्ट्रपतिले फिर्ता गरे पूर्वसभामुखका रूपमा लिएको गाडी

सार्वजनिक रूपमा प्रश्न उठेपछि राष्ट्रपति पौडेलले पूर्वसभामुखका रूपमा प्रयोग गरिरहेको गाडी संसद् सचिवालयमा फिर्ता गरेका छन्।

नेप्सेमा कारोबार रकम ८७ करोडमा खुम्चियो

मंगलबार २६६ वटा कम्पनीका २९ लाख ७५ हजार ९२० कित्ता शेयर ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन्।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, थपिए १७१ संक्रमित

मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

भारतमा खुल्यो एप्पलको पहिलो स्टोर, सीईओ टिम कुकले गरे उद्घाटन

भारतको मुम्बईमा पहिलो पटक एप्पलको औपचारिक खुद्रा स्टोर खुला गरिएको छ। स्टोरमा ५० प्रतिशत महिला कर्मचारी हुने र स्टोरको नेतृत्व पनि महिलाकै हातमा रहने बताइएको छ।

फुटबलमा अन्धकारः रोकियो ‘बी’ डिभिजन लिग, एन्फासँग छैन जवाफ

एन्फाले दुईपटक तोकिएको मितिमा पनि ‘बी’ डिभिजन लिग गर्न सकेन र नयाँ मितिसमेत घोषणा गरेको छैन। ‘बी’ डिभिजन लिग नभए ‘ए’ डिभिजन पनि संकटमा पर्ने भन्दै सरोकारवालाहरू फुटबल अन्धकारमा पुग्ने बताउँछन्।

गृहमन्त्री श्रेष्ठ भन्छन् – सुरक्षा निकायलाई शक्तिकेन्द्र र राजनीतिक दबाबबाट मुक्त राखिनेछ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकाय र गृह प्रशासन शक्तिकेन्द्र या राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने बताएका छन्।

एसीसी प्रिमियर कप : कुशल र भीमको शतकीय साझेदारीमा मलेसियामाथि नेपालको जित

कुशल मल्ल र भीम सार्कीको शतकीय साझेदारीमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले उठाए मलदेखि सडक निर्माणसम्मका विषय

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले किसान र सडकका विषयलाई प्रमुखताका साथ उठाएका छन्।

एसीसी प्रिमियर कप : बाबरको शतकमा हङकङको जित

सिंगापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

काठमाडौँ विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय : सांसद डाँगी

सांसद डाँगीले वायु प्रदूषण नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरूबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताइन्। 

बाटोलाई आधार बनाइ जग्गाको मूल्यांकन गर्न नीति पुनरावलोकन गर्नुपर्छ : चित्रबहादुर केसी

सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका बताए।

द्वन्द्वपीडित परिवारको माग : हाम्रा श्रीमान् किन मारिए, जान्न पाऊँ

द्वन्द्वपीडित परिवारका सदस्य शोभा बीसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्दै आन्दोलन गरेको बताइन्।

प्रधानमन्त्रीले गरे काठमाडौँ–तराई/मधेश द्रुतमार्गको अवलोकन

निरीक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले तराई/मधेश द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिएका थिए।

मिटरब्याज पीडितको माग तत्काल सम्बोधन नभए आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको माग सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि नै निर्मम भएको भन्दै निन्दा गरेका छन्। 

पुटिनका कट्टर आलोचकलाई २५ वर्ष जेल सजाय

युक्रेनमा आक्रमण गरेयता रुसले कुनै पनि विपक्षीलाई पहिलो पटक यति लामो समयका लागि जेल सजाय तोकेको हो।

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए।

दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक

गतवर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएपछि विद्यार्थीले विद्यालयमा तालाबन्दी नै गरेका थिए। अहिले सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ। 

स्थलगत तनहुँ–१ : पुराना दलका नयाँ उम्मेदवारमाथि नयाँ दलको दबदबा

मतदाताको गुनासो यसअघि विकासका अपेक्षा पूरा नभएको भन्ने छ। कतिपयले पुराना दलका नयाँ उम्मेदवारप्रति अपेक्षा गरेका छन् भने, कतिपय नयाँ दललाई मौका दिनुपर्ने बताउँछन्।

आठौँ ऊर्जा सम्मेलन शुरू, ३० देशका प्रतिनिधि सहभागी

बुधबार सम्पन्न हुने सम्मेलनमा नेपालका जलविद्युत् आयोजना र भारतीय क्रेताबीच विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर हुनेछ।

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा ल्याउने सहमति 

चीन र नेपालका सुरक्षा निकायबीच भएको द्विपक्षीय बैठकमा कोरोना संक्रमणबाट सावधानी अपनाउँदै नाका खोल्ने सहमति भएको छ।