AnonymousUser

Logout

एएफसी कप : पहिलो हाफमा मछिन्द्रलाई दुई गोलको अग्रता

मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरणको पहिलो हाफमा भुटानको पारो एफसीविरुद्ध दुई गोलको अग्रता लिएको छ। मछिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे।

विश्वप्रकाश शर्माको प्रश्न– संविधानले बलियो बनाएका संस्थाहरूप्रति किन अविश्वास?

कांग्रेस महामन्त्री शर्माले भ्रष्टाचारको मुद्दा,सुशासन ल्याउने कुरामा राजनीतिक दलहरूले सत्तापक्ष र प्रतिपक्षको मनोभावनाभन्दा माथि उठेर काम गर्नुपर्ने बताए।

देवेन्द्र पौडेलले भने– सुन तस्करी प्रकरणबारे जारी छानबिनको निष्कर्ष आउन्जेल धैर्य गरौँ

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको छानबिन निष्कर्षमा नपुगुन्जेल अर्को समिति आवश्यक नभएको बताएका छन्।

किसानका मर्का बुझेको स्थानीय तहः कृषि उपजको बजार खोजिदिन्छ, कृषि एम्बुलेन्समै राखेर बजारसम्म पुर्‍याइदिन्छ

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले खेतबारीबाटै अन्न तथा तरकारी बजारसम्म पुर्‍याएर किसानलाई बजारीकरणमा सहयोग गरिरहेको छ। यसबाट उत्पादन नबिकेर खेर फाल्नुपर्ने किसानको बाध्यता अन्त्य हुँदैछ।

योगेश भट्टराईको प्रस्ताव : उच्चस्तरीय छानबिन समिति बनाउने/नबनाउनेबारे भोटिङ गरौँ 

एमाले सांसद योगेश भट्टराईले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो टेबुल अगाडिको सुन प्रकरणको फाइल नदेख्दा शंका लागेको बताएका छन्।

नेप्से लगातार तेस्रो दिन पनि घट्यो

मंलबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ।

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छ्याएर नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

रोल्पामा बस दुर्घटना हुँदा चारको मृत्यु, दुई जनाको अवस्था गम्भीर

रोल्पाबाट दाङको घोराहीतर्फ जाँदै गरेको बस त्रिवेणी गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ।

संसदीय समितिले थाल्यो प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि सुनुवाइ प्रक्रिया

साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

गौर हत्याकाण्ड पीडित संघर्ष सहमतिले सरकारसँग पाँचबुँदै सहमति गरेसँगै आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ।

बेनी–जोमसोम सडकमा पहिरो, सवारी र यात्रुलाई जोखिम

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले लामो समयसम्म सडकमै बस्नुपरेकाले  समयमै गन्तव्यमा पुग्न पाएका छैनन्।

एमालेले गृहमन्त्रीलाई संसद्मा बोल्न दिने, माग सम्बोधन नभए पुनः अवरोध गर्ने

एमाले मंगलबारको संसद्‌ बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको सचेतक महेश बर्तौलाले बताए। 

विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन

वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति प्रहरी सचेत हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग छलफल

१०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ। 

पाकिस्तानलाई भारतको जवाफ– वार्तामार्फत सम्बन्ध सुधार्न तयार छौँ

सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप भारतले पाकिस्तानमाथि लगाउँदै आएको छ। यही अवस्थामा वार्तालाई निरन्तरता दिन नसकिने उसको भनाइ छ। 

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेका छन्। दुईतर्फी सञ्चालनका लागि सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।

भारी वर्षाले काठमाडौँका धेरै ठाउँ जलमग्न: सडकमा खोला, पार्टी मुख्यालय पनि डुबानमा

काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ। कतिपय स्थानमा नदीको पानी नै बस्तीमा पसेको छ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरमा पहिरो, सवारी ठप्प

लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखरा, चितवन, बागलुङलगायत ठाउँमा जाने गाडी रोकिएका छन्। 

मकवानपुरमा एकै परिवारका ६ जना पहिरोले बगायो, १ को मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा गएको पहिरोले एकै परिवारका ६ जनालाई बगाएको छ। त्यसमध्ये एक जनाको मृत्यु भएको छ।

काठमाडौँका विभिन्न स्थानमा डुबान, धोबिखोलाले नाघ्न थाल्यो सडक

अनामनगर क्षेत्रमा धोबीखोलाले जल सतह पार गरेपछि डुबान र बाढीको जोखिम भएको छ।