रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी छन्।
कारागारमा झडप हुँदा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभा मादी घरका विनोद तोलांगीको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।
बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्।
प्रहरीका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिलाको शव फेला परेको हो। यससँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यतालिका छ। त्यसअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो।
तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिरो नरोकिएकाले समस्या भइरहेको छ।
सर्लाहीको धनकौल गाउँपालिकास्थित महिनाथपुरका स्थानीय मंगलबार दिउँसो घाँस काट्न जानेक्रममा बागमतीको बाढीमा फसेका थिए। फसेकामध्ये ७२ जनाको साँझ प्रहरीले उद्धार गरेको छ।
मरहा खोला तर्ने क्रममा बाढीले बगाएर सोनम गाउँपालिका–३ का जाबिर अन्सारी बेपत्ता भएका छन्।
सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष अगस्ट ९ मा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने निर्णय गरेको थियो।
बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।
सांसदहरूले जलविद्युतका समस्या समाधान गर्न सबै राजनीतिक पार्टीहरूका बीचमा प्रतिबद्धता जनाउने फोरम आवश्यक रहेको बताएका छन्।
सोमबार रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्।
‘पहिले नदी–खोला जति चौडा हुन्थे, त्यसलाई खुम्च्याएर दायाँ र बायाँ दुवैतिर घर बन्न थाले। अरू संरचना बने। सडक बने। अनि साँघुरिएका नदी–खोलाले पनि बग्ने ठाउँ खोजे।’
गैरआवासीय नेपालीले पाँच अर्ब रुपैयाँमा भैरहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन्।
भुटानको पारो एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब एएफसी कपको दोस्रो चरणमा पुगेको छ। मछिन्द्रले अब दोस्रो चरणमा मोहन बगानसँग अगस्ट १६ मा खेल्ने छ।
शिक्षा विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
सरकारले पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले नाराबाजीसहित अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरेका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणले राष्ट्रको प्रतिष्ठा र छविमा नकारात्मक असर पुर्याएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने आफ्नो पहिलो कार्यभार रहेको बताएका छन्।