AnonymousUser

Logout

कैदी मृत्यु प्रकरण: परिवारले शव बुझ्न मानेनन्, प्रहरीको कुटाइबाट मृत्यु भएको दाबी

प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन्। दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने उनीहरूको माग छ। 

असारयता विपद्‌बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

मनसुन शुरू भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो। 

‘सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल अजेन्डा’

स्थानीय तहको खरिद क्षमता अभिवृद्धि गर्न सरल निर्देशिकालगायत विषय आवश्यक पर्ने र त्यसको तयारी भइरहेको सचिव रेग्मीको भनाइ छ।

छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस, विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य

भरतपुर महानगरपालिका–१० मा अवस्थित क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या एक हजार ६०० भन्दा बढी छ। धेरै विद्यार्थी चितवनसहित नवलपरासी, गोरखा, लमजुङ, तनहुँका छन्।

रोनाल्डोको गोलमा अल–नासर फाइनलमा, उपाधिका लागि अल–हिलालसँग भिड्ने

सादियो मानेलाई फैसल जसिम नाफिल अल मानाले फउल गरेपछि नासरले पेनाल्टी पाएको थियो। ७५औँ मिनेटमा पाएको उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरे। 

सडकमा राखिएको बम विस्फोट हुँदा सिरियामा पत्रकारसहित २ सैनिकको मृत्यु

सिरियाको दक्षिणी प्रान्त दारामा राष्ट्रपति बसर अल–असदको शासनविरुद्ध विद्रोह चर्किरहेको छ। सोही स्थानमा बम विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

राति कञ्चनपुरको शान्तिपुर–बेलौरी आसपास अति भारी वर्षा भएकाले सुहेली, चौधरलगायत साना खहरे खोलाहरूमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

निरन्तर अवरुद्ध संसद खुलाउन सत्तापक्ष र प्रतिपक्ष दुवै अनुत्तरदायी, कानून निर्माण र जनसरोकारका विषय ओझेलमा

सुन तस्करी प्रकरणमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता हुनसक्ने भन्दै उनीहरूमाथि पनि छानबिन गर्न उच्चस्तरीय समिति नै चाहिने प्रमुख प्रतिपक्षले बताइरहँदा सत्तापक्ष यो मान्न तयार छैन।

इन्डोनेशियामा यौन उत्पीडन गरेको भन्दै मिस युनिभर्सका प्रतिस्पर्धीले दिए उजुरी

फाइनलको दुई दिनअघि शरीर जाँच र फोटोग्राफीका लागि भन्दै प्रतिस्पर्धीलाई कपडा खोल्न लगाइएको दाबी गरिएको छ। मिस युनिभर्सको फाइनल प्रतिस्पर्धा अगस्ट ३ मा भएको थियो।

लेकसाइडस्थित पार्क मासेर सार्वजनिक शौचालय नबनाउन गरेको अन्तरिम आदेशले पायो निरन्तरता

पोखरा महानगरले १ करोड ४० लाख रुपैयाँ लागतमा अत्याधुनिक शौचालय बनाउने सम्झौता गरेको थियो। तर लेकसाइडस्थित भीएनवाई पार्क मासेर शौचालय बन्ने भएपछि स्थानीय विरोधमा छन्।

विद्युत् विस्तारमा फड्को, ९८ प्रतिशत घरधुरीमा पुग्यो स्वच्छ उर्जाको पहुँच

आव २०७९/८० को अन्त्यसम्ममा मुलुकको कुल ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ। त्यसमा प्राधिकरणको हिस्सा ९५.०३ प्रतिशत छ।

बेइजिङमा बाढी र डुबानमा परी पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु, अझै १८ बेपत्ता

जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो। १४० वर्षयता रेकर्ड गरिएको सबैभन्दा ठूलो वर्षापछि आएको बाढी र डुबानले व्यापक क्षति गरेको छ।

जेलबाट छुटेपछि आफ्नाहरूमाझ नै एक्लिँदै गएका रेशम चौधरी

सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डमा दोषी ठहर्‍याए पनि राष्ट्रपतिबाट माफीमिनाहा पाएर जेलमुक्त भएका रेशम चौधरीका पछिल्ला बोली र व्यवहारले उनका समर्थकहरु नै आलोचक बनिरहेका छन्।  

डुरान्ड कप: अग्रता जोगाउन नसक्दा आर्मीले दिल्लीसँग अंक बाँड्यो

त्रिभुवन आर्मीका लागि खेलको ३९ औँ मिनेटमा दिनेश हेन्जनले गोल गरेका थिए। तर ८८औँ मिनेटमा आई लिग क्लब दिल्ली एफसीका लागि गिरिक खोस्लाले गोल फर्काएका थिए।

नेप्से परिसूचकमा ४१.०६ अंकको वृद्धि, म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक बढ्यो

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्ष काठमाडौँ महानगरले उठायो १० अर्ब राजस्व, बहाल करको हिस्सा सबैभन्दा धेरै

काठमाडौँ महानगरले सबैभन्दा बढी आन्तरिक राजस्व घरबहाल करबाट उठाएको छ। गएको आर्थिक वर्ष बहाल कर २ अर्ब ५६ करोड रुपैयाँ उठेको छ।

रास्वपाको तत्काल प्रतिकार्य समूहलाई पहिरो पन्छाउन स्वीकृति नदिइएको स्थानीय प्रशासनको भनाइ

नारायणगढ–मुग्लिन सडक खण्डमा कुनै पनि दल वा संगठनलाई पहिरो पन्छाउन सहयोग नमागिएको र सहयोग गर्न स्वीकृति पनि नदिइएको चितवनको प्रजिअले सूचना जारी गरेर स्पष्ट पारेका छन्।

भारतका 'टोले' प्रतियोगितामा जोखिम मोलेर मैदान उत्रिन्छन् खेलाडी र रेफ्री

भारतका विभिन्न ठाउँका 'टोले' प्रतियोगिताका लागि पैसाको लोभमा कतिपय रेफ्री तथा खेलाडी त्यता पुगिरहेका छन्। तर गुणस्तरहीन मैदान, रफ खेल र झगडाको सम्भावनाले जोखिम हुने खेलाडी नै बताउँछन्।

कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। छिट्टै सत्यतथ्य बाहिर आउने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। 

एमालेको अवरोधपछि स्थगित भयो संसद्, अर्को बैठक २६ गते

पटक–पटक आग्रह गर्दासमेत एमाले सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका छन्। अर्को बैठक साउन २६ गते बस्नेछ।