AnonymousUser

Logout

सम्झना 'गौपालक' पिताको–प्यारा गाईबाच्छाको…

पुनर्जन्म हुन्थ्यो, ईश्वर हुन्थे र प्रार्थना (पुकार) को शक्ति हुन्थ्यो भने अर्बौँ वर्षसम्म म ईश्वरसँग पुकारा गरिरहन्थेँ–मेरा ती वनजंगल र गोठका प्यारा साथीहरू फेरि भेटाइदेऊ।

किसानका घरदैलोमा पुगे व्यापारी, बढ्यो सयपत्री र मखमली फूलको मूल्य

भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानको घरदैलोमै पुगेर व्यापारीले प्रतिस्पर्धामा बढी मूल्य तिरी फूल लिइरहेका छन्।

चुस्कीमा उद्यम

घरको भान्सा र पाहुनाको स्वागतमा सीमित चियाले पछिल्ला केही वर्षमा उद्यमको नवीन रूप लिएको छ। राजधानीबाट शुरू भएको ‘चिया ट्रेन्ड’ देशका प्रमुख शहरतिर पनि बिस्तार हुँदै छ।

सामूहिक फूलखेतीमा तनहुँका महिला

समूहमा रहेका २३ जना महिलाले ६ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन्। यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको छ।

दुर्घटनापछि उद्धार: घाइतेलाई जथाभाबी उठाउँदा अपांगताको जोखिम

आन्दोलनका क्रममा वा सवारीसाधन, कार्यस्थल तथा अन्य दुर्घटनापछि मेरुदण्ड, हड्डी र नसामा चोट पुगेका घाइतेलाई थप क्षति पुग्न नदिनेगरी उद्धार गर्दा दीर्घकालीन अपांगता हुने जोखिम कम हुन्छ।

पशुपति परिसरमा एउटा परिवार, जो चाडबाड नआइदियोस् भन्ने कामना गरिरहेको छ

दशैँ उनीहरूका लागि पीडाको कारण बनेर आउँछ, किनकि चाडबाडमा मानिसहरू गाउँ फर्किँदा मन्दिरमा भीड घट्छ। भीड कम हुनु भनेको सहयोग घट्नु हो र सहयोग घट्नु भनेको सञ्जीवको जीवनको घडी सुस्त चल्नु हो।

दशैँ मनाउन वृद्धाश्रमबाट आफन्तको बाटो कुरिरहेका मंगलदास

देशभर दशैँको पारिवारिक उल्लास छाइरहँदा, पशुपति वृद्धाश्रममा ७३ वर्षीय मंगलदास महर्जन भने आफन्तको बाटो हेरेर बसिरहेका छन्।

दशैँबिदा: घुमफिरसँगै भेटघाटको अवसर

दशैँ टीका र पारिवारिक भेटघाटसँगै यात्राको मौसम पनि बन्न थालेको छ। धेरैले दशैँलाई ट्रेकिङ र भ्रमणको उपयुक्त समयको रूपमा उपयोग गरिरहेका छन्। यतिबेला पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढेको छ।

पृथ्वीनारायण शाहको पालादेखि हतियारमा साँध लगाइरहेको परिवार

नुवाकोटका नरबहादुर विकका पुर्खालाई पृथ्वीनारायण शाहको पालादेखि हतियारमा साँध लगाउने जिम्मेवारी दिइएको थियो। यसलाई निरन्तरता दिँदै नरबहादुर दशैँमा नुवाकोट दरबारमा पुगेर हतियारमा साँध लगाउने गर्छन्।

यात्रा

युगान्डाका होटलको मेन्युमा निकुञ्जका जनावर

अब पालो थियो इदी अमिनलाई भेट्ने। हो, हामीले इदी अमिनलाई भेट्यौँ। एउटा क्रुर इतिहास सम्झियौँ। तर उनी जीवित छैनन्। जीवित इदी अमिनका सन्दर्भबारे गफियौँ।

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

दशैँभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रंगाउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको छ।

फेरियो लोपोन्मुख राउटेको जीवनशैली

दार्चुलाको लालीबाट डडेलधुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरू परम्परागत पेसाको विकल्प खोज्न थालेका छन्।

नुवाकोटमा प्राची डंगोल नयाँ कुमारी चयन

नुवाकोटमा प्राची डंगोल नयाँ कुमारीको रूपमा चयन भएकी छन्।

पुर्ख्यौली पेसा संकटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

केही वर्षअघिसम्म तीज, दशैँ, तिहारलगायत चाडपर्वमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो। अहिले भने मादलको माग फाट्टफुट्ट मात्रै हुने गरेको छ।

डोल्पा र जुम्लाबाट मुस्ताङमा भित्र्याइँदै भेडाच्यांग्रा

दुई दशकदेखि च्यांग्रा व्यापार गरिरहेका भीमप्रसाद घर्तीले यस वर्षको आन्दोलनका कारण च्यांग्रा बिक्री नहुने हो कि भन्ने चिन्ता व्यक्त गरे।

५० बर्से साइनो  

‘वेदना’ बन्दै बनेन, ‘वासुदेव’ले चिनाउनु चिनायो [भिडियोसहित]

ध्रुवचन्द्रले लेखेको फिल्म बनाइछाड्ने प्रतिज्ञा लिएका नीरले ‘वेदना’मा पाएको तोडपछि हात पारेका थिए, ‘कट्टेल सरको चोटपटक’। उनले यसमाथि पटकथाको काम पनि थालेका थिए, जुन पछि गएर बन्यो– ‘वासुदेव’।

लुना लुइँटेल बनिन् मिस नेपाल (तस्वीरहरू)

शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुनाले उपाधि चुमेकी हुन्।

यात्रा

लोमान्थाङको बाटोमा मोटर सररर

मलाई लाग्यो, हामी तिब्बतको पठारमा यात्रा गरिरहेका छौँ। तिब्बती सभ्यतासँग नजिक मानिने यहाँको भूगोल, समाज, संस्कृति र इतिहास निकै महत्त्वपूर्ण छ।

व्यायामका लागि जथाभाबी दौडँदा निम्तिन्छ समस्या

शारीरिक व्यायामका लागि धेरैले दौडलाई सजिलो उपाय मान्छन्, तर अव्यवस्थित कुदाइले घुँडा, गोलीगाँठो र मांशपेशीमा समस्या ल्याउँछ। दौडने स्थान पनि सहज र व्यवस्थित हुनु आवश्यक छ।

गलैँचा बुनेर आम्दानी गर्दै माझी महिला

यसअघि बालुवा चालेर जीविकोपार्जन गर्दै आएकोमा पछिल्लो दुई वर्षयता भने गलैँचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको उनले बताइन्।​​​​​​​