चुनाव नजिकिँदै जाँदा मधेशका जिल्लामा पार्टी प्रवेशको लहर नै चलेको छ। पार्टी फेर्नेहरूको गतिविधि स्वार्थका कारण भएजस्तो देखिए पनि यो दलीय राजनीतिमा विचारको क्षयीकरणको उपज भएको विश्लेषक बताउँछन्।
काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा नेपाल सरकारले एक्यूआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था छ।
बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० तथा चाँदीको मूल्य ४ हजार ८८५ रुपैयाँ निर्धारण भएको छ।
दाङमा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो। बजारको पनि समस्या नभएको किसानको भनाइ छ।
भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर-१, २, ३ र ४ सम्म फैलिएको सिंगो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न छ– जंगली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने?
उद्योगहरू न्यून क्षमतामा सञ्चालन हुँदा उत्पादन लागत बढ्ने भएकाले बजारमा प्रतिस्पर्धा गर्ने क्षमता र रोजगारी दुवै घट्छ। नेपालमा बेरोजगारी समस्याको मूल कारण यही हो।
उच्च पहाडी र हिमाली भूभागमा दिउँसो पनि आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ५९९ मध्ये हालसम्म प्राप्त दुई सय जनाको विवरणलाई वर्गीकरण गरेको छ।
विगतका निर्वाचनमा पाएका आश्वासन पूरा नभएको अनुभव सँगालेका कञ्चनपुरका बादी समुदायले यस पटकको निर्वाचनमा उम्मेदवारहरूसँग प्रतिबद्धता मात्र होइन, समस्या समाधानको विश्वासिलो कार्ययोजना मागिरहेका छन्।
राष्ट्र बैंकले बैंकिङ निर्देशन र ऐनको बर्खिलाप कार्य गरेको भन्दै एनआईसी एशिया बैंकका तत्कालीन पदाधिकारीलाई जरिबाना तथा ग्लोबल आइएमई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई सचेत गराएको छ।
सर्वोच्च अदालतमा विचाराधीन रिटको अन्तिम किनारा नलागेसम्म रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता नहुने आदेश कास्की जिल्ला अदालतले दिएको छ।
मातृमृत्युको भयावह अवस्था रहेको लुम्बिनी प्रदेशको बाँके जिल्लामा यस्तो गाउँपालिका पनि छ, जहाँ पछिल्ला तीन आर्थिक वर्षमा मातृमृत्यु शून्य छ। यो सफलताको अगुवाइ गरिरहेका छन् दलबहादुर राना।
सर्लाहीमा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएपछि दोषीलाई कारबाही र सुरक्षाको माग गर्दै जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध पारेका छन्।
युक्रेनले ऊर्जा क्षेत्रमा भएको भ्रष्टाचारमा संलग्नताको आरोप लागेका पूर्वमन्त्री जर्मन गालुसेन्कोलाई देश छोड्ने प्रयास गरिरहेकै अवस्थामा नियन्त्रणमा लिई मनी लन्ड्रिङको अभियोगमा अनुसन्धान शुरू गरेको छ।
सोमबार नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा झरेको छ भने कारोबार रकम सात अर्ब ९४ करोड रुपैयाँमा खुम्चिएको छ।
सिड्नीको बोन्डी बिचमा भएको सामूहिक गोलीकाण्डका मुख्य आरोपी नविद अकरम उपचारपछि पहिलो पटक भिडियो लिंकमार्फत सुनुवाइमा सहभागी भएका छन्।
मन्थलीस्थित तामाकोशी नदीमा बस दुर्घटना भई बेपत्ता भएका तीनमध्ये एकको शव खुर्कोटमा फेला परेको छ भने अन्य दुईको खोजी कार्य जारी छ।
जेनजी आन्दोलनका बेला प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित झापामा एक जना पक्राउ परेका छन्।
दुई सातामा भटमास र सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३० देखि ४० रुपैयाँसम्म बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य समायोजन गर्न निर्देशन दिए पनि कार्यान्वयन भएन।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेर ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।