AnonymousUser

Logout

टुकुचामा कल्भर्ट निर्माण शुरू, पुतलीसडक–बागबजार सडक बन्द

काठमाडौँ महानगरपालिकाले पुतलीसडक–बागबजार खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण शुरू गर्दै सो सडकमा सवारी र पैदलयात्रीको आवागमन पूर्ण रूपमा बन्द गरेको छ।

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

फलोअप

बाँसबारीको जग्गा: चौधरी ग्रुपबाट फिर्ता ल्याइयो, गंगालाल अस्पताललाई दिन वडाध्यक्षको व्यवधान

चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा उकालोको खुलासा र निरन्तर निगरानीपछि सरकारकै नाममा फिर्ता ल्याइए पनि वडाध्यक्ष थापाको स्वार्थ हाबी हुँदा गंगालाल अस्पताललाई दिने पहल अवरुद्ध छ।

नेप्सेमा लगातार तीन सर्किट ब्रेक लागेसँगै कारोबार स्थगित

शेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार बन्द भएको छ।

नेप्सेमा लगातार दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

सोमबार खुलेको शेयर बजारमा नेप्से परिसूचक ५ प्रतिशत बढेपछि लगातार दोस्रो सर्किट लागेको छ।

सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

समानुपातिकतर्फ ८१ लाख मतगणना: कुन दलले कति मत पाए?

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८१ लाख ५४ हजार ६८८  मत गणना भएको छ।

१६१ क्षेत्रको मत परिणाम सार्वजनिक: कुन-कुन दलले कति सिट जिते?

निर्वाचन आयोगका अनुसार १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ।

इलाम-१ मा कांग्रेसका निश्कल राईको अग्रता

इलाम-१ मा नेपाली कांग्रेसका निश्कल राईले १० हजार ८४९ मत ल्याएर अग्रता बनाएका छन्।

कोही किन सांसद बन्ने?

विद्रोही वा आन्दोलनकारीले देशमा आगो झोसे, सारा खरानी बनाए। उनको काम सकियो। अब यथार्थमा सुधार, परिवर्तन, भरोसा र जिम्मेवार नेतृत्व स्थापित गर्ने दायित्व सुविधाजनक बहुमत प्राप्त दल रास्वपाको हो।

भारतले जित्यो आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि

भारतको अहमदाबादमा आइतबार भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले हराएको हो।

पहाडी र हिमाली भेगका केही स्थानमा वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्नेछ।

बांग्लादेशका विद्यार्थी नेता हादीको हत्याका आरोपी भारतबाट पक्राउ

बांग्लादेशका विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्यामा संलग्न रहेको आरोपमा दुई बांग्लादेशी नागरिक भारतको पश्चिम बंगालबाट पक्राउ परेका छन्।

विश्वकप उपाधि जित्न भारतले न्युजिल्यान्डलाई दियो २५६ रनको लक्ष्य

आईसीसी टी२० विश्वकपको उपाधि भिडन्तमा भारतले न्युजिल्यान्डलाई जितका लागि २५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

गण्डकीका १८ मध्ये १६ क्षेत्रको नतिजा सार्वजनिक, २ स्थानको मतगणना जारी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतपरिणाम सार्वजनिक भएका १६ क्षेत्रमध्ये १३ स्थानमा रास्वपाका उम्मेदवार विजयी भएका छन् भने दुई क्षेत्रको मतपरिणाम आउन बाँकी छ।

संखुवासभामा एमालेलाई पछ्याउँदै रास्वपा

संखुवासभाको प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले रास्वपाका मिङ्मा शेर्पाले भन्दा ७६३ मत बढी ल्याउँदै अग्रतालाई कायमै राखेका छन्।

सम्पादकीय

प्रचण्ड बहुमतको परीक्षामा रास्वपा

आफैले मागेअनुसार भारीभरकम जनमत पाएको रास्वपाले अब स्थिर सरकार दियौँ भनेर पुग्नेछैन, त्यसलाई डेलिभर गर्ने उत्तरदायी शासनमा बदल्नुपर्ने छ।

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा, चैत ५ भित्र सम्पूर्ण प्रक्रिया सकिने

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको, समानुपातिकतर्फको मतगणना फागुन २७ गतेसम्म सकिने र चैत ५ गतेभित्र निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न हुने गरी काम भइरहेको जनाएको छ।

पुराना दलका पदाधिकारी को–को भए पराजित?

संसदीय अभ्यासमा अनुभवी मानिएका नेपाली कांग्रेस, एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका अधिकांश शीर्ष नेताहरू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।

स्वदेशमै निर्मित ‘कार-टी सेल’ उपचारलाई क्लिनिकल प्रयोग अनुमति

औषधि व्यवस्था विभागले नेपालमै उत्पादन गरिएको ‘कार-टी सेल’ उपचार विधिलाई क्लिनिकल प्रयोगका लागि अनुमति दिएको छ।