देवचुली नगरपालिका क्षेत्रमा सञ्चालित चौधरी ग्रुप अफ इन्डस्ट्रियल पार्कसहितका कम्पनीले प्रदूषित पानी विसर्जन गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको छ।
काठमाडौँ– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित देवचुली नगरपालिकामा सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्डविपरीत फोहोर पानी विसर्जन गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको छ। नगरपालिका क्षेत्रमा सञ्चालित चौधरी ग्रुप अफ इन्डस्ट्रियल पार्क र सागर डिस्टिलरी लगायतका उद्योगहरूबाट भइरहेको जलप्रदूषणका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले सक्रियता देखाएको हो।
यसबारे गत चैत ३० गते उजुरी परेको थियो। सोही उजुरीमाथि छलफल गर्न प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बिहीबार सरोकारवालाहरूको बैठक बस्यो। बैठकले उद्योग सञ्चालनका क्रममा निस्कने फोहोर पानीलाई अनिवार्य रूपमा प्रशोधन र शुद्धीकरण गरेर मात्र निष्कासन गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।
साथै, उद्योगहरूले हाल अपनाइरहेको प्रदूषण नियन्त्रण प्रणाली र फोहोर व्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ। उक्त समितिमा देवचुली नगरपालिका वडा नं. १, २ र ३ का वडा अध्यक्षहरू क्रमशः कृष्णबहादुर केसी, सरदप्रसाद घिमिरे र होमनाथ पौडेल सदस्य छन्। त्यस्तै, सदस्यहरूमा चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली, सब–डिभिजन वन कार्यालय देवचुलीका रमेश बस्नेत, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अविनाश पन्थीलगायत रहेका छन् ।
बैठकमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज खड्का, राष्ट्रिय अनुसन्धानका अभिनयकुमार सिंहलगायत सम्बन्धित उद्योगका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति थियो। उद्योगबाट निस्कने प्रदूषित पानीका कारण स्थानीय जलचर र जनजीवनमा असर परेको जनगुनासोलाई सम्बोधन गर्न प्रशासनले यो प्रक्रिया अगाडि बढाएको हो। गठित समितिले स्थलगत अध्ययन गरी बुझाउने प्रतिवेदनका आधारमा आगामी प्रक्रिया तय गरिने प्रशासनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
