संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ।

काठमाडौँ– संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ।

मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ। दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ।

समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ।