बिहीबार नेप्से परिसूचक ३३.८३ अंकले घट्दा नौ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
काठमाडौँ— नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ अंकमा कायम भएको छ। यो १.१८ प्रतिशतको गिरावट हो।
आज ३४२ कम्पनीको दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद-बिक्री हुँदा नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ रुपैयाँ बराबरको कारोबार भएको जानकारी नेप्सेले जनाएको छ।
उनका अनुसार आजको कारोबारमा सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ ०.८०, विकास बैंक १.१५, वित्त १.९८, होटल तथा पर्यटन ०.५०, जलविद्युत् १.५१ र लगानी समूह १.२७ प्रतिशतले घटेको छ।
त्यस्तै, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, लघुवित्त ०.७१, म्युचुअल फन्ड ०.१४, निर्जीवन बीमा १.२८, व्यापार १.०१ र अन्य समूह १.९० प्रतिशतले घटेको छ।
बजार घटे पनि रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको उनले बताए। आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर मूल्य ९.४७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
