घरेलु बजारमा आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न विश्वको प्रमुख चिनी उत्पादक भारतले आगामी सेप्टेम्बरसम्मका लागि निर्यातमा अस्थायी रोक लगाएको छ।
बिहीबार शेयर बजार परिसूचक नेप्से १०.०७ अंकले घटेर २७३०.१७ को विन्दुमा झरेको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्दै सांसदहरूले कृषि, पर्यटन र सुशासनलाई केन्द्रमा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सामाजिक तथा विकासका दृष्टिकोणबाट पनि सुकुम्बासी समस्या ठूलो चुनौती बनेको छ। यो केवल भूमि अधिकारसँग मात्र नभई गरिबी, जातीय असमानता, बसाइँसराइ, विपद् जोखिम, शहरीकरण र वातावरण संरक्षणसँग पनि जोडिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले बढेको हो।
भारतको गान्तोकमा कवि तथा साहित्यकार जीवन थिङको मूर्ति स्थापना गरिएको छ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
ट्रम्पलाई स्वागत गर्न त्यहाँका उपराष्ट्रपतिलाई पठाउनुलाई चीनले अमेरिकी राष्ट्रपतिलाई गर्ने विशेष व्यवहारको संकेतको रूपमा हेरिएको छ।
चालु आवमा ६३ वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म २६ वटा मात्र निर्माण भएका छन्।
स्थानीय धार्मिक पर्वको अवसरमा मन्दिर भ्रमण तथा तीर्थ यात्रामा रहेका करिब ३५० जना भक्तहरू प्रकोपका कारण पीडित भएको जनाइएको छ।
तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारलगायत १३ वटा विषयमा विमर्श हुनेछ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा पक्राउ परेका छन्।
विमानको इञ्जिन फेल हुन सक्छ, तर सही पाइलटले त्यो विमान पनि सुरक्षित अवतरण गराउन सक्छ। गलत पाइलटका हातमा सर्वोत्तम विमान पनि खतरनाक हुन सक्छ।
बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
स्ट्रेट अफ हर्मुजलाई खाडी मुलुकलाई दबाब दिने माध्यमका रूपमा प्रयोग गर्न नहुने कतारको भनाइ छ।
वर्षाले प्रभावित खेलमा डकवर्थ–लुइस पद्धतिका आधारमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको छ।
अध्यागमन विभागले कार्यान्वयनमा ल्याएको अनुगमन प्रणालीमार्फत पाँच महिनामा सवा लाख विदेशी नागरिकको अभिलेख संकलन भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।
अनुगमनका क्रममा पोखराका आयुर्वेद क्लिनिकहरूमा औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि निर्वाध रूपमा बिक्री भइरहेको पाइएको छ।
अर्घाखाँचीको पाणिनीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ २६ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।