परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने भ्रमण सकेर आइतबार स्वदेश फर्केका छन् ।
काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी गत शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले शनिबार भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए। उक्त वार्तामा नेपाल–भारतबीचको विकास सहकार्य, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) विस्तार, व्यापार तथा पारवहन, ऊर्जा व्यापार र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउने लगायतका साझा हितका विषयमा विस्तृत छलफल भएको थियो।
नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग शिष्टाचार भेटवार्ता गरेका थिए। यसै गरी, उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग पनि छुट्टै भेटघाट गरी द्विपक्षीय चासोका मामिलामा विचार विमर्श गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
