AnonymousUser

Logout

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

रोल्पाको माडी गाउँपालिकामा सडक भाँसिएर मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

अधिनायकवादको झल्को, अस्तित्वको संघर्षमा लोकतन्त्र

अहिले रास्वपा सरकार र सत्तापक्षबाट जस्तो शैली, मानसिकता र निषेधात्मक व्यवहार देखिँदैछ, यो अवस्था अधिनायकवादी शासनमा मात्र सम्भव हुन्छ।

कस्तो रहला आजको मौसम?

नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भएको छ।

रोपाइँ शुरू हुँदा पनि सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् मल

खेतीपातीको मुख्य सिजन धान रोपाइँ शुरू भइसके पनि सम्बन्धित पालिकाहरूले मल ढुवानी नगरेका कारण किसानले मलको अभाव झेल्न थालेका छन्।

रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द

हिमाली गाउँपालिकाको रानीसैनमा कर्मचारी र जनप्रतिनिधिमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न दबाब दिँदै संघर्ष समितिले सदरमुकाम मार्तडीसहितका बजार र कर्णाली करिडोर सडक बन्द गराएको छ।

ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि शुक्रबार सुनुवाइ

सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा जेठ २९ गते शुक्रबार सुनुवाइ हुने भएको छ।

इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कडा निन्दा

अमेरिकी सेनाले आफ्नो हेलिकप्टर खसालिएको बदलामा इरानी लक्ष्यहरूमा आक्रमण गरेपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी अड्डाहरूमा जवाबी प्रहार गरेको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गतेको संसद् बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा राखेको विषय ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन् ।

बर्डफ्लुका कारण साढे ५ लाख कुखुरा नष्ट, प्रभावित किसानलाई ४२ करोड राहत दिइने

काठमाडौँ उपत्यकासहित १० जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि पक्षीजन्य उत्पादन नष्ट गरिएपछि सरकारले प्रभावित किसानलाई लागतको ७५ प्रतिशत राहत उपलब्ध गराउने भएको छ।

एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित

नेपाल एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

एसीसी महिला प्रिमियर कप

क्वार्टरफाइनलमा नेपालले आज थाइल्यान्डसँग खेल्दै

एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्वार्टरफाइनलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

आज अधिकांश प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने छ।

रेमिट्यान्स ४१.२ प्रतिशतले बढ्यो

राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ।

वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै, सतर्कता अपनाउन मौसमविद्को आग्रह

देशका विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको र यो प्रणाली पूर्वतर्फ सर्दै गइरहेकाले जल तथा मौसम विज्ञान विभागले सम्भावित जोखिमबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।

ट्रम्पले प्रस्ताव गरेको एक लाख डलरको भिसा शुल्कमा अमेरिकी अदालतको रोक

उच्च दक्ष विदेशी कामदारका लागि एच–१बी भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको एक लाख अमेरिकी डलर शुल्कमा संघीय अदालतले संसद्को कर अधिकारविपरीत भएको ठहर गर्दै रोक लगाएको छ।

मन्त्रिपरिषद् विस्तार: नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले लिए शपथ

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि, नवप्रवर्तनमन्त्री महावीर पुनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

कंगोमा इबोलाबाट एक महिनामै १०० भन्दा बढीको मृत्यु

पूर्वी कंगोमा दुर्लभ 'बुन्डिबुग्यो' प्रकारको इबोला भाइरस फैलिएको एक महिनाभित्रै कम्तीमा १०० जनाको मृत्यु भएको छ।

बीपी राजमार्गको रोशी खण्डमा सवारी आवागमन बन्द

रोशी खोलामा बहाब उच्च भएपछि यात्रु र सवारीसाधनको सुरक्षाका लागि बीपी राजमार्गको रोशी खण्डमा मंगलबार मध्याह्नदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नियमित कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

नेपाल–भारत सीमा विवादमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी बुधबारसम्मका लागि स्थगित भएको छ।

आमूल 'डेमोक्रेटिक डिपार्चर': गत निर्वाचनको कार्यादेश पहिलो पाइला

सरकारले गठन गरेको संविधान संशोधन सुझाव कार्यदलले यो पंक्तिकारसहित जेन-जी प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको थियो। केही संरचनागत असहमति र सरकारका कार्यगत गतिविधिप्रति संवेदनशील प्रश्न रहेकाले हामी सहभागी भएनौँ।