AnonymousUser

Logout

कति सजिलो छ नयाँ राजनीतिक दल दर्ता?

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा धमाधम निवेदन पर्न थालेपछि सामाजिक सञ्जालमा ‘सजिलै दल दर्ता हुने तर कम्पनी खोल्न झन्झट भएको’ भन्दै व्यंग्य गरियो। कस्तो छ नयाँ दल खोल्ने प्रक्रिया?

नेप्से सामान्य बढे पनि कारोबार रकममा गिरावट

मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा कायम भएको छ।

त्रिविको जग्गा फिर्ता प्रक्रियामा प्रधानमन्त्रीले मागिन् प्रगति विवरण

प्रधानमन्त्री कार्कीले अपचलनमा परेको त्रिविको जग्गा खोजबिन प्रतिवेदन कार्यान्वयनको प्रगतिबारे जिज्ञासा राख्दै आगामी प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो व्यक्त गरिन्।

अमेरिकी सरकारको इतिहासकै लामो ‘शटडाउन’ अन्त्यतर्फ

अक्टोबर १ बाट शुरू भएको ‘शटडाउन’ले करिब १० लाख संघीय कर्मचारी बेतलबी बने र सरकारले विभिन्न सेवा तथा सुविधा निलम्बित गर्‍यो। हालै हवाई यातायातमा दैनिक एक हजारभन्दा बढी उडान रद्द हुँदा सरकारमाथि राजनीतिक दबाब बढेको थियो।

नियमनकारी निकाय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवन अभाव

सिंहदरबारस्थित शिक्षा मन्त्रालयको भुइँतलामा रहेको केन्द्रलाई मन्त्रालयले कार्यालय स्थानान्तरण गर्न पटकपटक आग्रह गरिरहेको छ। साथै, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा केन्द्रको कामकाज नै प्रभावित भएको छ।

तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

मल्चिङ प्रविधिले वर्षा वा सिँचाइको पानीले मल बगाउने सम्भावना घटाउने र माटोमा रहेका पोषकतत्व स्थिर राखी उत्पादनशीलता वृद्धि गर्न सहयोग पुर्‍याउँछ।

गिरीबन्धुमा ‘एडभान्स’ लेनदेनको हिसाब सल्टाउँदै मलहोत्रा

गिरीबन्धुको झन्डै ३४४ बिघा जमिनमध्ये १०० बिघाको हिस्सा लिएर मलहोत्रा पनि स्मार्ट सिटी तथा हाउजिङसहितको व्यावसायिक प्रयोजनमा जोडिएका थिए।

मुगुमा ट्याक्टर दुर्घटना: १ जनाको मृत्यु, १ घाइते

मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा बाजुरा गौमुल गाउँपालिका–३ का २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको छ।

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

मुस्ताङमा रहेको कोरला नाकादेखि कैलाश मानसरोवर ३०० किलोमिटर र ल्हासा एक हजार किलोमिटर दूरीमा छ।

राष्ट्र बैंकले उपदान कोषको ३ अर्ब ७० करोड लगानी गर्ने

बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

किरात समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।

दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै कारमा विस्फोट हुँदा ८ जनाको मृत्यु

नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै कारमा विस्फोट हुँदा आठ जनाको मृत्यु र सात जना घाइते भएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गर्भावस्थामा प्यारासिटामोल सेवन र शिशुमा अटिजमबीच कुनै सम्बन्ध छैन: अध्ययन

विस्तृत वैज्ञानिक समीक्षाले गर्भावस्थामा प्यारासिटामोल सेवन र शिशुमा अटिजम वा एडीएचडीबीच कुनै सम्बन्ध नभएको निष्कर्ष निकाल्दै अमेरिकी नेताहरूका दाबीहरूलाई खण्डन गरेको छ।

मधेश प्रदेश प्रमुखमा सुरेन्द्रलाल कर्ण सिफारिस, भण्डारी पदमुक्त

सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की

कार्कीले बिहीबारदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। प्रहरी नियमावलीको अहिलेकै व्यवस्था कायम रहे उनी करिब २८ महिना प्रहरी नेतृत्वमा रहने छन्।

भट्टचन–शेरचनले प्रभु बैंकमा दुरुपयोग गरेको २७ करोड

संस्थापक अध्यक्ष देवी भट्टचन र सीईओ अशोक शेरचनको मिलेमतोमा प्रभु बैंकबाट प्रभु म्यानेजमेन्ट प्रालिमा लगिएको २७ करोड कर्जा दुरुपयोगमा नियामक राष्ट्र बैंककै मौन सम्मति देखिन्छ, कसरी?

डोल्पाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मोटरबाटो स्तरोन्नति गर्ने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु, चितवनबाट विज्ञ टोली बोलाइयो

हात्तीको बारम्बारको जंगल प्रवेश र राजमार्गमा निस्कने क्रमका कारण पथलैया–निजगढ सडकखण्डमा दिनभर यातायात प्रभावित भएको छ।

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा सोमबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।