बङ्गलादेशको प्रतिष्ठित एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा प्रा. डा. सङ्गीता रायमाझी नियुक्त भएकी छन्।
काठमाडौँ- बङ्गलादेशको प्रतिष्ठित एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा प्रा. डा. सङ्गीता रायमाझी नियुक्त भएकी छन्।
चित्तगङस्थित उक्त विश्वविद्यालयमा विभिन्न २० देशका ४ सयभन्दा बढी छात्रा अध्ययनरत छन्। सन् २००९ मा विश्वविद्यालय स्थापनासँगै आबद्ध रहेकी डा. रायमाझी पछिल्लो समय प्राज्ञिक संकायकी डिन थिइन्।
यो पनि : ‘महिला सशक्तीकरणका कारण सुशीला कार्की प्रधानमन्त्री हुनुभएको हो र?’
“विश्वविद्यालयको अन्तर्राष्ट्रिय बोर्डले मलाई जुलाई १ देखि लागू हुनेगरी उपकुलपतिको जिम्मेवारी दिएको छ,” डा. रायमाझीले उकालोसँग टेलिफोनमा भनिन्, “सीमान्तकृत र पछाडि पारिएका समुदायका नेपाली छात्राका लागि पनि यहाँ उच्च शिक्षाको अवसर रहेकाले अध्ययन–अध्यापनको नेतृत्व तहमा जोडिन चाहन्थेँ।”
उनका अनुसार यो शैक्षिक सत्रमा पनि ४९ जना नेपाली विद्यार्थी विश्वविद्यालयमा अध्ययनरत छन्।
विगतमा झन्डै तीन दशक त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कीर्तिपुर क्याम्पसको अङ्ग्रेजी विभागमा प्राध्यापन गरेकी रायमाझीका ‘क्यान अ वुमन रिबेल?’, ‘हु इज द डटर अफ नेपाल?’ र ‘रिक्लेमिङ फर्गटन न्यारेटिभ्स’ लगायतका कृति प्रकाशित छन्।
यो पनि हेर्नुहोस् : जेन-जी साइडलाइनमा परे, अरूहरू तेरो-मेरो भन्दै कोपर्न थाले
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
