नेपालले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्टइन्डिज, बांग्लादेश र इटलीसँग खेल्ने तालिका छ।
काठमाडौँ– भारत र श्रीलंकामा हुने आईसीसी टी२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमबीच टोलीको बिदाइ गरेको हो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले टोलीको बिदाइ गरेका थिए। टोली आइतबार प्रस्थान गर्ने छ।
बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए। प्रशिक्षक स्टुअर्ट लले पनि विश्वकपमा राम्रो गर्ने विश्वास व्यक्त गरे।
नेपालले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्टइन्डिज, बांग्लादेश र इटलीसँग खेल्ने तालिका छ। विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास शृंखला पनि खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
