AnonymousUser

Logout

रुसी जनरलमाथि मस्कोमा गोली प्रहार

रुसी सेनाको जनरल स्टाफका उप-प्रमुख भ्लादिमिर अलेक्सेभमाथि मस्कोस्थित आफ्नै निवास बाहिर अज्ञात समूहले गोली प्रहार गरेको छ।

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथिका ३ हजार १३५ उम्मेदवारमध्ये प्रौढ उमेरमा पुरुष र युवा उमेरमा महिलाको संख्या बढी देखिएको छ।

विधेयकको मस्यौदा तयारीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग

यस वर्ष पहिलो प्राथमिकतामा ४२, दोस्रो प्राथमिकतामा ४१ र तेस्रो प्राथमिकतामा ३८ गरी कुल १२१ वटा विधेयक राष्ट्रियसभामा पेस गर्ने भनिएको थियो।

डलरमा गिरावटका बाबजुद अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि

अफनागिस्तानमा पिठो, चामल, खाना पकाउने तेल जस्ता आवश्यक वस्तुको मूल्यमा तीव्र वृद्धि भएको छ। यसले कम आय भएका परिवार समस्यामा परेका छन्।

निगमका कार्यकारी सञ्चालक नै टिकट बिक्रीमा संलग्न, मन्त्रालयले थाल्यो छानबिन

नेपाल वायुसेवा निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठले बजार प्रबन्ध विभागको अग्राधिकारमाथि हस्तक्षेप गर्दै विभिन्न उडानको टिकट निश्चित ट्राभल एजेन्सीलाई सस्तोमा बिक्री गरेको खुलेपछि मन्त्रालयले छानबिन थालेको छ।

नेपालीभाषी राजबन्दीलाई क्षमादान गर्न भुटानका राजासमक्ष अपिल

प्रतिवेदनहरूका अनुसार भुटानको राजधानी थिम्फु नजिकका राबुना र चेमगाङ कारागारमा हाल कम्तीमा ३६ जना राजनीतिक बन्दी रहेका छन्।

खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल ८ वर्षदेखि अलपत्र

दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७४ भदौ ३१ गते शिलान्यास भएको धाप्लाङघाटको माटरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अलपत्र छ।

स्वास्थ्य प्रणालीका चुनौती–२

सम्भव छ नेपाल सुहाउँदो स्वास्थ्य व्यवस्था

वायु प्रदूषण, कुपोषण तथा चुरोट र सुर्ती सेवनजस्ता रोगव्याधि तथा मृत्युको अधिकतम हिस्साका जोखिम तत्त्व कसरी नियन्त्रण र निराकरण गर्ने भन्ने विषय सबल स्वास्थ्य प्रणाली निर्माणको पहिलो कदम हुनुपर्छ।

बैतडी बस दुर्घटना: मृतकको संख्या १३ पुग्यो

दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। उनीहरूको डडेलधुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ।

भारतको कोइलाखानीमा विस्फोट: खोटाङका २ युवाको मृत्यु, ४ गम्भीर

खोटाङका विभिन्न ठाउँका स्थानीय युवा दिउँदको समयमा काम खोज्दै भारतको मेघालयस्थित कोइलाखानीमा जाने गरेका छन्।

पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

कोशीका पहाडी र हिमाली तथा गण्डकीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ।

बैतडीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, ४५ जना घाइते

बैतडीको पुर्चौँडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

आचारसंहिताको पालना गर्दै निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबाट हुने अमर्यादित भाषाको प्रयोग र मतदाताको गोपनीयता हनन हुने गरी भइरहेका डिजिटल गतिविधि रोक्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ।

६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

आगामी फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फका ७२ लाखभन्दा बढी मतपत्र छपाइ सकिएसँगै निर्वाचन आयोगले २५ जिल्लाका लागि सामग्री प्याकिङको काम टुंग्याएको छ।

भट्टचनलाई जोगाउन सत्ता र राज्य–संयन्त्रबाटै भएको चलखेल

सहकारीका बचतकर्ता र बैंकको रकम अपचलन गरेर व्यवसाय फैलाएका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहलाई जोगाउन सत्ताको छाया परेका सीआईबीदेखि सरकारी वकिल कार्यालयसम्म लागिपरेका थिए, कसरी?

रौतहटमा कारको ठक्करबाट बालिकाको मृत्यु

बालिकालाई ठक्कर दिने गाडी रौतहट–२ बाट रास्वपाका उम्मेदवार सगिर आलमको चुनावी प्रचारमा प्रयोग भइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अभ्यास खेलमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी

आईसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ।

आणविक सन्धि ‘न्यु स्टार्ट’को अन्त्य, नयाँ हतियार दौडको जोखिम

अमेरिका र रुसबीचको अन्तिम सुरक्षा सन्धि 'न्यु स्टार्ट' बिहीबारदेखि निष्क्रिय भएसँगै विश्व पुनः अनियन्त्रित आणविक हतियार दौडको जोखिममा पुगेको भन्दै जापानी बमपीडितहरूले चिन्ता व्यक्त गरेका छन्।

नेप्से परिसूचकमा २७ अंकको सुधार, साढे ११ अर्बमाथिको कारोबार

लगातार दुई दिन घटेको नेप्से परिसूचक बिहीबार २७ अङ्कले बढेर बन्द भएको छ भने कारोबार रकम पनि वृद्धि भई ११ अर्ब ५८ करोड रुपैयाँ माथि पुगेको छ।

संखुवासभामा ट्याक्टरबाट खसेर मजदुरको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका–५ मुढेमा गुडिरहेको ट्याक्टरबाट खस्दा टायरले किचेर उत्तर–दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर मृत्यु भएको छ।