सरकारले गत भदौमा भएको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगको कार्यावधि २५ दिन थप गर्ने निर्णय गरेको छ।
डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका र पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा कांग्रेसको विशेष महाधिवेशनपछि सार्वजनिक जीवनमा कतै देखिँदैनन्।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण’ले शिशु मृत्युदर घटेको देखाए पनि ६० प्रतिशतभन्दा बढी घरपरिवारले प्रयोग गर्ने पिउने पानीमा हानिकारक जीवाणु भेटिएको र बालबालिकामा कुपोषणको समस्या अझै चुनौतीपूर्ण रहेको औँल्याएको छ।
नेप्से परिसूचकमा सोमबार २६ अंकको गिरावट आएर २,६७२.३९ को बिन्दुमा कायम हुँदा १० अर्ब ७७ करोडको रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, बढ्दो महँगी नियन्त्रण र आगामी निर्वाचनलाई निष्पक्ष बनाउनुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
वीरगन्जको आदर्शनगरस्थित एक गोदामबाट तस्करीको सामान बरामद गरी फर्कने क्रममा आक्रोशित समूहले गरेको ढुंगामुढाबाट तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै दुई वटा सुरक्षा वाहनमा क्षति पुगेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्रमध्ये हालसम्म ४४ जिल्लाको एक करोड २२ लाखभन्दा बढी मतपत्र छपाइ र प्याकिङ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
यस भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, पर्यटन प्रवर्द्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
पहिलोपटक २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जित्दा नै शरतसिंह भण्डारी मन्त्री भएका थिए। त्यसयता अहिले १०औँ पटक उम्मेदवार बनेका छन् र दुईपटक मात्र पराजित भएका छन्।
यो जितसँगै प्रधानमन्त्री ताकाइचीले आफ्नो सरकार र नीतिहरूलाई अगाडि बढाउन बलियो जनादेश पाएकी छन्।
मेघालयको पूर्वी जयन्तीया हिल्सस्थित खानीमा गत माघ २२ गते भएको उक्त दुर्घटनामा एक जना अझै बेपत्ता छन् भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
प्रधानमन्त्री बन्न कस्सिएर चुनावी अभियानमा निस्किएका बालेनले नेपाल भाषामा लिएको शपथ र मैथिली भाषामा गरेको भाषण साँच्चिकै जनताको आवाज हो या संघियता, विविधता र संरचनागत विभेदको भद्दा मजाक?
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भेगको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
विदेशी पर्यटकको ‘फेक रेस्क्यू’ गरी बीमा रकम ठगी गरेको अभियोगमा सीआईबीले सिद्धि अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ।
रुसी सैन्य गुप्तचर सेवाका उपप्रमुख भ्लादिमिर एलेक्सेयेभमाथि मस्कोमा गोली प्रहार गरी फरार भएका एक संदिग्धलाई दुबईबाट पक्राउ गरिएको छ।
कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
टी२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखडे स्टेडियममा भएको खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।
अघिल्ला दुईवटा निर्वाचनमा लगातार जितेको एमालेले यसपटक उम्मेदवार परिवर्तन गरेको छ। एमालेलाई तेस्रो जितबाट रोक्न अन्य १२ उम्मेदवार प्रतिस्पर्धामा छन्। कस्तो ‘मुड’मा छन् ताप्लेजुङका मतदाता?
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरमा चोरीको आरोपमा नख्खु कारागारबाट फरार कैदीसहित तीन जनालाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ।
टी२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।