AnonymousUser

Logout

धादिङको थाक्रेमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण बुधबार राति लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सिन्दूर अर्थात् 'सोल्ड आउट' ट्याग

यति धेरै प्रेमस्वरूप सिन्दूर र मंगलसूत्र दिने आफ्नै प्राणप्रिय पतिलाई प्रेमस्वरूप उनले कुन आभूषण या चिह्न प्रदान गरिन्, जसले उ विवाहित हो भन्ने जनाउ दिन्छ?

सुदूरपश्चिममा शुरू भयो गौरा पर्व

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।

मनसुनी हावाको प्रभाव: देशका अधिकांश स्थानमा वर्षा

बागमती, गण्डकी, लुम्बिनीको तराई तथा सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ।

अमेरिकी दूतावासद्वारा आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

विधिविज्ञान प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट डीएनए सफ्टवेयर र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्राप्त भएको हो।

रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा

महिलालाई दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो, ठाउँठाउँमा वर्षा

बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भन्दै महाशाखाले सूचना जारी गरेको छ।

रुबी साहका हत्या आरोपी पासवानको मृत्यु

गत शनिबार रौतहटको गौर नगरपालिका–९ गौर–सिर्सिया सडक खण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा सुटकेशभित्र साहको शव फेला परेको थियो।

मन्त्रिपरिषद् निर्णय: सामाजिक सञ्जाल दर्ता गर्न ७ दिनको समयसीमा, केबलकारलाई राष्ट्रिय प्राथमिकता

सूचीकरणका लागि ७ दिनभित्र सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रय गराउने मन्त्रिपरिषद्‍ले निर्णय गरेको छ।

डेनमार्कमा ढुंगे युगको डुबेको बस्ती फेला

उत्तरी डेनमार्कको आर्हस खाडीको पानीमुनि पुरातत्त्वविद्हरूले ८ हजार ५०० वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन्।

अन्तिम सत्य कोही होइन– खुशवन्त न खुशी

सञ्जय गान्धीबाट इनाममा एकैचोटि हिन्दूस्तान टाइम्सको सम्पादक र सांसद पद पाएका खुशवन्त सिंहलाई राज्यसभामा पहिलै दिन कम्युनिस्ट सांसद भूपेश गुप्ताले ‘श्रीमती गान्धीको चम्चा’ भनिदिएका थिए।

नेप्से परिसूचकमा उच्च अंकको सुधार

आज नेप्से परिसूचक ५३.०१ अंकले बढेर २,८१९.१० को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको सुधार हो।

नेपालीलाई सर्बियामा रोजगारीको प्रलोभन, नक्कली भिसा देखाएर दिल्लीमा ठगी

भारतीय प्रहरी अधिकारीहरूका अनुसार यो र्‍याकेटले नेपाली नागरिकहरूलाई सर्बियामा जागिर लगाइदिने आश्वासन दिएर फसाएको थियो।

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा बढी सरकारी ऋण थपिएको छ।

अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकलाई २ लाख जरिबाना

विभागले मदिराको नमुना संकलन गरी जाँच गरेको थियो। जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको थियो।

अस्ट्रेलियामा १२ महिनायताकै उच्च मूल्यवृद्धि

अर्थशास्त्रीहरूले करिब २.३ प्रतिशत मात्रै वृद्धि हुने अनुमान गरेका थिए तर वास्तविक वृद्धि २.८ प्रतिशत पुगेको छ।

इम्बोस्ड नम्बर प्लेट अनियमितता प्रकरणः उजुरी परेको ९ वर्षपछि अख्तियारबाट ‘क्लिनचिट’

एक दशकअघि नै सवारीसाधनमा ‘डिजिटल नम्बरप्लेट’ राख्ने योजना ल्याइएको थियो। त्यसका लागि इम्बोस्ड नम्बर प्लेट बनाउने ठेक्कासमेत लगाइसकेको सरकारले अख्तियारमा परेको उजुरीका कारण निर्णय लागू गर्न सकेको थिएन।

सुनको मूल्य तोलाको १ लाख ९९ हजार

मंगलबार एक तोला सुन १ लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार ३६० रुपैयाँ थियो।

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

कालिकोटको कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

झापामा सवारी दुर्घटना: १ जनाको मृत्यु, ४ घाइते

दुर्घटनामा शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन्।