कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत संशोधित निर्वाचन तालिकाअनुसार मतदानको समय बुधबार राति ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।
काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन समितिको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो सार्वजनिक गरेको नयाँ तालिकाअनुसार मतदानको समय बुधबार राति ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।
यसअघि बिहान ११ बजे मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिका कार्यक्रमहरू अन्योलमा थिए। संशोधित तालिकाअनुसार बेलुकी ४ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। त्यसउपर दाबी विरोधका लागि साढे ४ बजेसम्मको समय दिइएको छ भने ५:०५ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेदवारी फिर्ताका लागि साँझ साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ भने साँझ ६ बजे अन्तिम नामावली सार्वजनिक गरिने समितिले जनाएको छ।
भृकुटीमण्डपमा सोमबारदेखि शुरू भएको बन्दसत्र आज तेस्रो दिन पनि जारी रहँदा अर्कोतर्फ, संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा शुरू भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
