नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको?’ लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेको हो।
आइतबार बिहान पाकिस्तानकी नाइला कियानी र अमेरिकाकी जेसिका राय बेडेलले सगरमाथा आरोहण गरेका छन्।
बाटो खुलेसँगै आरोहीहरूले शनिबार रातभरबाट आरोहण शुरू गरी आइतबार बिहानसम्म सगरमाथाको शिखर पुग्ने बताइएको छ।
सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ। नागरिकहरू भने छानबिनमा दबाब पर्न सक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नता देखिएपछि काठमाडौँसहित देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध प्रदर्शन शुरू भएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ जना डीएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो। डीएसपी गौतमकुमार केसी पहिलो नम्बरमा सिफारिस भएका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी योजना तयार गर्ने, २०७८ जेठयताका भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँको रामशाहपथस्थित बग्गीखानामा थन्किएका सवारी सधानलाई कवाडीमा परिणत हुन नदिने आश्वासन दिएका छन्।
काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरू बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको छ।
आफूलाई कृषि वैज्ञानिकका रूपमा चिनाउँदै आएका राईलाई सोधपुछका लागि पक्राउ गरिएको खोटाङ प्रहरीले जनाएको छ।
हिमपात र कुहिरोका कारण एक हप्ता बितिसक्दासमेत सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न सकेको छैन। उद्धारमा खटिएका सुरक्षाकर्मी नै बिरामी हुन थालेको प्रहरीले जनाएको छ।
बिजुलीको बल्ब र स्विच बनाउँदै आएको उद्योगमा शुक्रबार बिहान २ बजेदेखि आगलागी शुरू भएको हो। आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यो वर्ष हिउँदमा पानी र हिउँ नपरेका कारण सगरमाथामा ठूलो हावाहुरी चलेको हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन्।
मन्त्री भुसालले आधुनिक समयमा पाखुराको बलमा खाद्यान्न उत्पादनमा वृद्धि गर्छु भन्नु गलत भएको बताए। जतिसक्दो धेरै यन्त्रीकरणमा गएर कृषि उत्पादन वृद्धि गर्न सकिने उनको भनाइ छ।
एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाउनुपर्ने बताएका छन्।
गल्छी गाउँपालिका–८ निबुवा बोटेस्थित एक होटेल सञ्चालकले ग्राहकलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
मानव कल्याण आश्रमले छ वर्ष अवधिमा ८५० जनाको उद्धार र उपचार गरेर ४०० जनाभन्दा बढीलाई परिवारमा पुनर्मिलन गराएको छ।
१५ वर्षको उमेरमा आन्दोलनमा होमिएका कायस्थ २०६२ चैत २७ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका थिए।
बाजुराको बिछ्या केन्द्रबिन्दु भएर बिहीबार बिहान ५: १५ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ।