AnonymousUser

Logout

भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न २ दिन म्याद थप

नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख रुपैयाँ ठगी भएको भनी ११३ जनाले २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका छन्।

काठमाडौँ महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौँ महानगरपालिकाले सिंहदरबारको पश्चिमगेट अगाडि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको छ।

कामीरिता शेर्पा २८औँ पटक सगरमाथा शिखरमा

कामीरिताले यो सिजनमा ६ दिनको अन्तरालमा दुई पटक सगरमाथा आरोहण गरेका छन्। अर्का आरोही पासाङ दावाले २७औँ पटक नै सगरमाथा आरोहण गरेर कीर्तिमान बारबार गरेपछि कामीरिता २८औँ पटक शिखरमा पुगेका हुन्।

कोशी र मधेश प्रदेशका केही भूभागमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले कोशीका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

काठमाडौँ उपत्यकाका सम्पदा घुम्न बस सञ्चालन गर्दै पर्यटन बोर्ड

ललितपुर महानगरपालिकाबाट शुरू हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन गर्ने छ। 

दुई महिना लामो अनुसन्धानपछि ३० जनालाई ५ कसुरमा मुद्दा चलाउनुपर्ने दाबीसहित प्रहरीले प्रतिवेदन बुझायो

प्रतिवादीहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो असुल गर्नुपर्ने राय प्रहरीको प्रतिवेदनमा उल्लेख छ। ११३ जनाले दिएको २२ वटा जाहेरीमा उल्लेख भएअनुसार प्रहरीले बिगो दाबीको हिसाब निकालेको हो।

व्यापारिक भवन बनाउन बिर्तामोडमा डोजर लगाएर खाली गराइयो हटिया

बिर्तामोड–५ स्थित बुधबारे हटियाका टहरालगायतका पुराना संरचना हटाएर नगरपालिकाले बहुतले बहुउद्देश्यीय व्यापारिक भवन बनाउने योजना अघि सारेको छ।

सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : ओली

एमाले अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिमा विविधतायुक्त नेपालले सामाजिक सद्भावसहितको राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

रातारात डोजर लगाएर पुरिँदैछ फेवातालको सिमसार

साँझ पर्नासाथ दर्जनौँ टिपरमा माटो ओसारेर ताल छेउको होँचो जमिन उकास्ने र सम्याउने काम भइरहेको छ। हुँदै नभएको कित्ता नम्बर राखिएको जग्गा सम्याउन महानगरले दिएको अनुमतिपत्रको वैधतामाथि नै प्रश्न उठेको छ।

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ।

नक्कली शरणार्थी प्रकरण : प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।

नक्कली शरणार्थी प्रकरण: संगठित र राज्यविरुद्धको अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरूविरुद्ध ठगी, संगठित र राज्यविरुद्धको अपराधसहित केहीलाई अख्तियार दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउन सिफारिस हुने भएको छ।

सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति प्रहरी र बार असन्तुष्ट

महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएको सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाका व्यवस्था अनुसन्धानकर्मी र पीडित पक्षको हितमा नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति महानिरीक्षक कुँवर असन्तुष्ट

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पीडकको मागदाबीलाई धेरै स्थान दिँदा अनुसन्धान गर्ने निकाय र पीडित पक्ष झनै अन्यायमा पर्नसक्ने बताउँछन्।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सोमबार मात्र बुझाउने

आवश्यक तयारी पूरा नभएपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाउने भएको छ।

सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्न सकिँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएका छन्।

नक्कली शरणार्थी प्रकरण : मिसिल अध्ययन गर्न ८ सदस्यीय टोली, मंगलबारसम्म मुद्दा दर्ता गरिसक्नु पर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र दायर गर्न सरकारी वकिलको कार्यालयले आठ जनाको टोली बनाएको छ।

भुटानी शरणार्थी प्रकरण: ३३ जनाविरुद्ध २६ करोड बिगो दाबीसहित प्रतिवेदन बुझाइँदै

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र टेकनाथ रिजाललाई राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ।

पोर्चुगलमा सुतेकै स्थानमा मृत भेटिए नेपाली युवक

बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटी सुतेकै अवस्थामा मृत भेटिएका छन्। 

बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध

मेसिनको प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ। वर्षा रोकिएकाले साँझसम्ममा सडक सञ्चालन हुनसक्ने बताइएको छ।