AnonymousUser

Logout

संखुवासभा हेलिकप्टर दुर्घटना : एकको मृत्यु, तीन जनालाई काठमाडौँ ल्याइयो

संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र उत्तरपूर्वी अस्ट्रेलियास्थित टापुराष्ट्र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ। 

माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी राख्छौँ : मिटरब्याज पीडित

मिटरब्याज पीडितले आफ्ना माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

हेलिकप्टर दुर्घटना अपडेट : घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

हेलिकप्टरमा सवार पाँच जनामध्ये तीन गम्भीर र बाँकी दुई जना सामान्य रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

आगामी वर्ष खाद्यान्न संकट हुने विज्ञको चेतावनी, सरकार भन्छ– गम्भीर छौँ

विज्ञले नेपालमा यो वर्षा कम भई खाद्य संकट निम्तिन सक्ने भन्दै पूर्वतयारीमा लाग्न सरकारलाई सुझाव दिएका छन्।

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर भोटखोला गाउँपालिका क्षेत्रमा दुर्घटनामा परेको हो।

आयोगको टोली फर्केपछि अनन्तमायालाई जग्गा र घर पनि ‘अंशबन्डा गर्न’ न्यायाधीश छोराको दबाब 

बिहीबार आयोगको टोली अनन्तमायाको घरमा पुगेको थियो। टोली फर्केलगत्तै पुगेका कान्छा छोरा जगदीशले अनन्तमायालाई उनको नाममा रहेको जग्गा र घर पनि अंशबन्डा गर्न दबाब दिएका छन्।

आउँदो मनसुनमा सरदरभन्दा कम पानी पर्ने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनी सिजनको हावापानीको पूर्वानुमान सार्वजनिक गर्दै सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत औँल्याएको छ।

मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको

एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासी बताउँछन्। नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम बर्सेनि बढ्दै गएको छ।

कार्यालय समयमा तास खेल्ने नगर प्रहरीलाई काठमाडौँ महानगरले निलम्बन गर्ने

काठमाडौँ महानगरपालिकाले कार्यालय समयमा तास खेलिरहेका नगर प्रहरीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

अनन्तमायासँग मानव अधिकार आयोगको टोलीले गर्‍यो सोधपुछ

आफ्नै घरमा बन्धक बनाइएकी भक्तपुर सूर्यविनायक–३ बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेसँग राष्ट्रिय मानव अधिकार आयोगको टोलीले डेढघण्टा सोधपुछ गरेको छ।

नक्कली शरणार्थी प्रकरणमा १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी, ८ जना पक्राउ

पैसा असुलको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरूले २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

पोखराका आकर्षण डेविज फल्स र गुप्तेश्वर गुफामा कसरी ठडिए ‘ज्यानमारा धराप’?

डेविज फल्स र गुप्तेश्वर गुफाबाट ५० मिटरसम्म भौतिक संरचना बनाउन नहुने सरकारी अध्ययनको निष्कर्ष छ। पोखरा महानगरले भने २०० मिटर मापदण्ड तोकेको छ। तर, यही मापदण्डभित्र २०० भन्दा बढी ‘धराप’ ठडिइरहेका छन्।

दार्चुला हिमपहिरो : ३ जनाको शव भारतीय सडकबाट खलंगा ल्याइँदै, २ अझै बेपत्ता

नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो। वर्षा र हिमपात नरोकिएकाले बेपत्ता हुनेको खोजीमा भने कठिनाइ भएको छ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई रुपन्देहीमा पक्रने तयारी, छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

अर्घाखाँचीमा रहेका रायमाझी बिहीबार रुपन्देही आइपुगेको र उनलाई पक्राउ गर्ने तयारी भएको प्रहरीका एक वरिष्ठ अधिकृतले जानकारी दिए।

पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली, काठमाडौँमा बिहानैदेखि वर्षा

दिउँसो कोशी, मधेश र बागमतीलगायत देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेको छ।

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ठगी र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बहालवाला सचिव पक्राउदेखि पूर्वमन्त्रीलाई पूर्जी काटिएको नक्कली शरणार्थी प्रकरण के हो?

भुटानी शरणार्थी समस्या सुल्झाउन गृह मन्त्रालयद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै मोटो रकम लिएर नेपाली नागरिकलाई ‘भुटानी शरणार्थी’मा सूचीकृत गरिएको थियो।

अनन्तमायालाई उद्धार गर्न मानवअधिकार आयोगमा उजुरी, बिहीबार आयोगको टोली पुग्ने

आफ्नै घरभित्र बन्धक बनाइएकी भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेलाई तत्काल उद्धार गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन परेको छ।