AnonymousUser

Logout

रुसले नेपालको विकासमा सघाउने, १३ परियोजनाका लागि प्रस्ताव आव्हान  

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीबीच भएको भेटवार्तामा उठेका परियोजनामा चासो राख्दै रुसले प्रस्ताव माग गरेको हो।

पाँचथरमा ट्याक्टरबाट झरेर २ बालिकाको मृत्यु, २ जना घाइते

मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका–७ भारपामा विद्यालय गइरहेका पुजना सुवेदी र उनकी बहिनी गंगाको ट्याक्टरबाट खसेर मृत्यु भएको छ।

कामीरिता शेर्पा २७औँ पटक सगरमाथा शिखरमा, तोडे आफ्नै कीर्तिमान

सोलुखुम्बुको थामे निवासी कामीरिता २७औँ पटक सगरमाथा शिखरमा पुगेर विश्व कीर्तिमान बनाएका छन्। बुधबार बिहान शिखरमा पुगेका उनले आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन्।

शरणार्थी प्रकरणमा किन हुँदैछ अनुसन्धान र मुद्दा कमजोर पार्ने चलखेलको संशय

एकपछि अर्का उच्चपदस्थहरू तानिँदै गएको नक्कली शरणार्थी प्रकरण अभियोजनमा पुग्नै लाग्दा यो मुद्दा कमजोर बनाउने चलखेल शुरू भएको आशंका गर्न थालिएको छ। के हो यसपछाडिको यथार्थ?

मन्त्रिपरिषद्ले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणासहित अरू के–के गर्‍यो निर्णय?

जनआन्दोलनमा घाइते भई निधन भएका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

न्यायका लागि लडिरहेका ६ आमा

नवराज विकसहित ६ जनाको हत्यामा संलग्नलाई जोगाउन ‘राजनीतिक चलखेल’ भइरहेको आशंकाबीच न्यायको ‘झिनो आशा’ बोकेर आमाहरू अन्तिम फैसला हुने दिन जेठ ३० को पर्खाइमा छन्।

सगरमाथामा हावाहुरी, जापानी र इटालियन आरोही सम्पर्कविहीन 

सोमबार साँझको हावाहुरीका कारण १०० जनाभन्दा बढी सगरमाथा आरोहीहरू साउथ कोल (क्याम्प ४) मा अड्किएका छन्।  हिमालयन एक्सिपिडिसबाट गएका जापानी र इटालियन आरोही सम्पर्कविहीन भएका छन्।

गर्मीले महोत्तरीको जनजीवन प्रभावित, बिरामीको संख्या बढ्यो

चर्को घाम र तातो हावाका कारण जिल्लामा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ। गर्मीले आउँ, झाडापखाला, टाइफाइड, छालाजन्य रोग र जन्डिसका बिरामी बढेको प्रादेशिक अस्पतालले जनाएको छ।

दैलेखमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

जेठ ५ गतेबाट मेलम्चीको पानी वितरण रोकिने

१८ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएसँगै अब ८ करोड लिटर पानी वितरण हुने भएको छ।

राज्य नै बारम्बार पीडकमैत्री कानून बनाउन लाग्नु आपत्तिजनक : निगरानी समिति

निगरानी समितिले सरकारले अदालतमा फौजदारी अपराधको कसुरमा मुद्दा चलेका राजनीतिक दलका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिई माफी दिने उद्देश्य राखी ऐन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएको छ।

अनन्तमायालाई घरमै थुनेर राखिएको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानव अधिकार आयोगले अनन्तमायालाई परिवारले घरमै थुनेर राखेको ठहर गर्दै उनको मानव अधिकारको संरक्षण गरी त्यसको जानकारी आयोगमा पठाउन वडा कार्यालयलाई निर्देशन दिएको छ।

पोखरामा लुकेका थिए रायमाझी, काठमाडौँ आएलगत्तै आईजीपीले परिचालन गरेको टोलीबाट पक्राउ

पक्राउ पुर्जी जारी भएपछि अर्घाखाँचीबाट बुटवल आएका रायमाझी त्यहाँबाट फरार भएका थिए। उनी पोखरास्थित आफन्तको घरमा बसेको खुलेको छ। पोखराबाट काठमाडौँ आएलगत्तै उनी पक्राउ परेका हुन्।

नक्कली शरणार्थी प्रकरण: रायमाझीलाई अदालत लगिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि थुनामा राख्ने अनुमति लिन सोमबार अदालत लगिँदैछ।

सगरमाथा आरोहणका क्रममा अस्वस्थ १ शेर्पालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

सगरमाथा आरोहणका क्रममा क्याम्प २ बाट माथि उक्लिँदै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि एक शेर्पालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।

टोपबहादुर रायमाझी काठमाडौँबाट पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

ऐतिहासिक रक्सौल–अमलेखगञ्ज रेल्वेको सात खर्बको जग्गा ‘बन्दरबाँट’

वीरगञ्जदेखि पथलैयासम्म २२ किलोमिटर खण्डको जग्गा विभिन्न व्यक्ति र उद्योगहरूको कब्जामा छ। कतिपयले रेल्वेको जग्गालाई आफ्नो निजी जग्गामा गाभेका छन् भने कतिले नापीबाट प्रमाणित गराएर किनबेच समेत गरेका छन्।

मुक्तकमैया, हलिया, कमलरीको पुनर्स्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

ज्ञापनपत्रमा मुक्तकमैया, कमलरी, हलिया, हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसलाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ। 

भ्रष्टाचारविरुद्ध उठ्दै नागरिक, देशभर फैलिँदै स्वस्फूर्त आन्दोलन

गएको मंगलबार साँझ लेखक सञ्जीव उप्रेतीले सामाजिक सञ्जालमा ‘भ्रष्टाचार ढाकछोपविरुद्ध नागरिक आन्दोलन’ हुने जनाउ दिए। बुधबार भद्रकालीमा प्रदर्शन भयो। त्यसपछि देशका धेरै भागमा आन्दोलन फैलिएको छ।

सिंहदरबार वैद्यखानाका कर्मचारीले पाएनन् फागुनदेखिको तलब

तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न, बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ।