AnonymousUser

Logout

एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न ‘समन्वय गर्दै’ प्रहरी

गैरभुटानीलाई शरणार्थीका रूपमा अमेरिका लैजाने घटनामा संलग्न देखिएको भन्दै प्रहरीले एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्ने तयारी गरेको छ।

नक्कली शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा संलग्न रहेको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे काठमाडौँको जडिबुटीबाट पक्राउ परेका छन्।

पृथ्वी राजमार्ग : गणेशखोला पुलमा फेरि जमिन भासियो, सवारी आवागमन बन्द

नयाँ पुल निर्माणका लागि फाउन्डेसन खन्ने क्रममा पुरानो पुलको फाउन्डेसन भएको जमिन भासिएको हो। पुलको मुखमा सडक भ्वाङ परेपछि सवारी आवागमन बन्द भएको छ।

पैसाले तानातानमा परेको अन्नपूर्ण संरक्षण क्षेत्र

पदयात्राका लागि संसारभर प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापनको जिम्मा समुदायलाई दिने घोषणाविपरीत सरकारले फेरि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ७ वर्षका लागि जिम्मा लगाउने तयारी गरेको छ।

उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

२०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनमा दरखास्त दिएर दस्तुर बुझाइसकेका उम्मेदवारलाई पुनः दरखास्तका लागि आह्वान गरिएको लोकसेवा आयोगले जनाएको छ। 

नेपालमा १ वर्षमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना

इन्टरनेटको विकाससँगै शुरू भएको डिजिटल पत्रकारिता चुनौती र अवसरको बीचमा रहेको पत्रकार महासंघको भनाइ छ। 

बझाङमा यार्सा खोजेर फर्कने क्रममा २ जनाको कठ्यांग्रिएर मृत्यु, १ बेपत्ता

चिसोले कठ्यांग्रिएर सूर्मा गाउँपालिका– ४ का प्रमु बोहरा र ५ नं वडाका कलक बोहराको मृत्यु भएको छ। यस्तै, १ नं वडाकी झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन्। 

दार्चुला हिमपहिरो : बेपत्ता ५ जनाको खोजी जारी, ७ को सकुशल उद्धार

दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित भोलुमडाँडामा यार्सा खोज्न गएका १२ जना मंगलबार दिउँसो हिमपहिरोमा परेका थिए। उनीहरूमध्ये ५ जना अझै बेपत्ता छन्।  

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकार सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। त्यसैको सम्झनामा सन् १९९३ देखि यो दिवस मनाउन थलिएको हो।

सम्पत्ति हत्याउन सन्तानबाटै घरभित्र बन्धक बनाइएकी ७४ वर्षीया अनन्तमाया

भक्तपुरको बालकोटमा आफैँले किनेको घरमा बस्ने ७४ वर्षीया एकल महिला अनन्तमाया घिमिरेले छोराछोरी, बुहारी र नातिले सम्पत्ति हडप्न आफूलाई तीन महिनादेखि बन्धक बनाएर राखेको बताएकी छिन्।

दार्चुलाको ब्यासमा हिमपहिरो, यार्सागुम्बा संकलक बसेका त्रिपाल हिउँले पुरिए

यार्सागुम्बा संकलक बस्दै आएको त्रिपाल हिउँले पुरिएर केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए।

सगरमाथाको दोस्रो शिविरमा एक अमेरिकी आरोहीको मृत्यु

सगरमाथा आरोहणमा गएका अमेरिकी नागरिक जोनाथन सुगरम्यानको दोस्रो शिविरमा मृत्यु भएको छ।

नक्कली शरणार्थी बनाएको आरोपमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्नमा राईको मुख्य भूमिका रहेको प्रहरीको भनाइ छ।

सोमबारदेखि अवरुद्ध नौबिसे–मुग्लिन सडक सेना परिचालन गरेर खुलाइँदै

बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ।

देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

वर्षा र चट्याङका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुदलगायत क्षेत्रहरू प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध

ठूला सवारी साधनका लागि सडक मर्मत गरेर मात्र आवागमन सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने प्रहरी नायब उपरीक्षक जैसवारले बताए।

सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी छ : परराष्ट्र मन्त्रालय

हालसम्म अन्य ३० जना नेपाली कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेको र १९ जना साउदी अरेबियाको जेद्दा शहरमा आइपुग‍ेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतमा उपचारपछि फर्किए राष्ट्रपति

भारतको नयाँ दिल्लीस्थित एम्समा उपचार गराएर राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका छन्।

काठमाडौँको नीरा हत्याकाण्ड : क्यासिनो–जुवाको लतले डुबेपछि लुटपाटमा लागेका थिए विनोद

काठमाडौँमा १० दिन पहिले व्यवसायी नीरा पाण्डे आचार्यलाई पसलमै लुटपाट गर्ने क्रममा हत्या गरेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मा क्यासिनो र जुवाको लतले ऋणमा डुबेको अनुसन्धानबाट खुलेको छ।

रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते 

जिप ओरालो कच्ची बाटोमा अचानक ब्रेक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए।