AnonymousUser

Logout

मन्त्री निवास भवन निर्माण यथाशक्य पूरा गर्न मन्त्री गुरुङको निर्देशन

मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइन्।

दुवै खुट्टा नभएका हरि बुढामगरले चढे सगरमाथा

गत वर्ष शारीरिक अवस्थाका कारण सगरमाथा चढ्न नपाएका हरि बुढामगरले यस पटक सफल आरोहण गरेका छन्।

मधेश र कोशी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

चट्याङ र हावाहुरीबाट हुनसक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रुकुम हत्याकाण्डका तीन वर्षः दोषी बचाउन को–को थिए सक्रिय?

माओवादी द्वन्द्वले जगाइदिएको सामाजिक चेतनाले गाउँ–गाउँमा अन्तरजातीय विवाह गर्न कस्सिएकालाई राहत दिएको थियो। जातीय हिंसाको पराकाष्ठा देखाउने रुकुमको सोती हत्याकाण्ड दबाउन माओवादी नेताहरू नै सक्रिय बने।

नीति तथा कार्यक्रममा समस्या समाधानको ठोस प्रस्ताव छैन: योगेश भट्टराई

योगेश भट्टराईले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताएका छन्।

नीति तथा कार्यक्रम : भूमिगत विद्युत् प्रणाली बिस्तार गर्ने, काठ बेचेर आत्मनिर्भर बन्ने

सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ।

किसानलाई सधैँ सिँचाइकै पिरलो, आकाशे पानीका भरमा खेती  

बागलुङमा खेती हुँदै आएको ३० हजार ५२३ हेक्टर जमिनमध्ये छ हजार १४८ हेक्टरमा मात्र सिँचाइको सहज पहुँच पुगेको छ।

बाढीबाट विस्थापितको पीडा: लालपुर्जा छ, जग्गा छैन

कर्णाली नदीमा २०६५ सालमा आएको बाढीले घरखेत पुरेपछि कैलालीको टीकापुर–८ अरुणाफाँटका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भए। अहिले आफ्नो जग्गामा बस्न खोज्दा स्थानीयले अवरोध गरेको पीडितको भनाइ छ।

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजाल र शमशेर मियाँलाई २ दिन हिरासतमा राख्न अनुमति

बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको छ।

माइतीघरमा फेरि उखु किसानको धर्ना [तस्वीरहरू]

चिनी मिल्सबाट पाउनुपर्ने बक्यौता रकम नपाउँदासम्म आफूहरूको धर्ना जारी रहने उखु किसान पारुक अहमद् बताउँछन्।

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ

प्रहरीले भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई पक्राउ गरेको छ।

शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सागर राईले पैसा असुलेर बिल्लीबाठ पारेका मजदुरहरू

पथरी शनिश्चरे–१० का तत्कालीन वडाध्यक्ष सागर राईले मजदुरी गर्ने परिवारका युवाबाट ५ देखि १५ लाखका दरले पैसा उठाएका छन्। चर्को व्याजमा र बैंकबाट ऋण लिएर पैसा दिएकाहरू अहिले उठिबास लाग्ने अवस्थामा छन्।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले शुक्रबार प्रस्तुत गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (जेठ ५ गते) अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

भुटानी शरणार्थी प्रकरण: हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

मियाँले प्रयोग गर्दै आएको हज समितिको गाडी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने क्रममा गिरोहले प्रयोग गर्ने गरेको खुलेको थियो।

अमेरिकी प्रतिवेदन भन्छ– ‘नेपालमा क्रिश्चियनलाई शव गाड्नसमेत अप्ठ्यारो, हिन्दुत्वका लागि भाजपाले दिन्छ पैसा’

अमेरिकी विदेश मन्त्रालयको ‘धार्मिक स्वतन्त्रता प्रतिवेदन’ले नेपालमा हिन्दुत्वका लागि भारतको सत्तारुढ पार्टीले पैसा दिइरहेको र नेपाली इसाई समुदायलाई शव गाड्नै कठिन भइरहेको उल्लेख गरेको छ।

चितवनमा ‘विशेष प्रहरी’ भन्दै व्यवसायी धम्क्याउने ४ जना पक्राउ

भरतपुर–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा ‘विशेष प्रहरी’ र केन्द्रीय अनुसन्धान ब्यूरोको समेत परिचयपत्र बनाउने गरेको खुलेको छ। 

डेढ अर्ब महँगो मल खरिदमा अर्को काण्डः प्रतिबन्धित मुलुकबाट ल्याउन लागिएको भन्दै छानबिनको माग

प्रक्रिया मिचेर साल्ट ट्रेडिङ कर्पोरेशनलाई जिम्मा दिइँदा विवादित बनेको मल खरिद प्रकरणमा प्रतिबन्धित मुलुक इरानसमेत जोडिएपछि त्यसलाई ढाकछोप गर्न खोजिएको भन्दै संसदमा छानबिनको माग उठेको छ। 

सगरमाथा आरोहणबाट फर्कने क्रममा सहयोगी शेर्पाको मृत्यु, अस्वस्थ सैनिक क्याप्टेनलाई काठमाडौँ ल्याइयो

सगरमाथा तथा ल्होत्से हिमाल सफाइका लागि पुगेको र सगरमाथा आरोहण सम्पन्न गरेको सैनिक टोलीका सहयोगीका रूपमा गएका संखुवासभा निवासी फूर्वा शेर्पाको मृत्यु भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणसहित १४ अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

राजनीतिक आवरणमा मुद्दा फिर्ता लिन खोज्नु चिन्ताजनक: मानवअधिकार आयोग

हरेक घटनालाई राजनीतिक आवरण दिँदै जाँदा अदालतको भूमिका गौण हुन गई पीडितको राहत र क्षतिपूर्तिसहितको न्याय पाउने अधिकारमाथि कुठाराघात हुने आयोगले जनाएको छ।