'आरोहण रोटेशन'अन्तर्गत उनी मंगलबार क्याम्प दुईभन्दा केही माथिसम्म पुगेको आरोहण दलका विवेक पाण्डेले बताए। गत वर्ष पनि आधार शिविर पुगेका उनलाई शारीरिक अवस्थाका कारण भन्दै आरोहण गर्न दिइएकाे थिएन।
भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिकाको तिरतिरे जंगलमा लागेको आगो बस्तीमा पसेपछि निभाउने क्रममा जलेर पाँच जना भएका छन्। उता, सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्।
मानव तस्करको अपराधमा संलग्न 'राजनीतिक व्यवसायीहरूलाई उन्मुक्तिका लागि दलीय सहमति गर्ने दुष्प्रयासविरुद्ध' सडकमा उत्रिएर खबरदारी गर्न नागरिक आन्दोलनले अपिल गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको बयानमा कार्यदल संयोजक पन्थी र सदस्य गणेश केसीले प्रहरीले देखाएको अभिलेख आफूहरूले तयार पारेको प्रतिवेदनसँग नमिल्ने बताएका छन्।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
संरक्षणको जिम्मा लिएर नेपाल बाल संगठनले बेपत्ता पारेका टुहुरा बालक पोकलप्रसाद दाहालको खोजी र घटना अनुसन्धान गर्न गृह मन्त्रालयको निर्देशन लगत्तै मानव बेचबिखन ब्यूरो सक्रिय बनेको छ।
टुकुचा खोला बहाव क्षेत्रभित्र व्यक्तिका नाममा दर्ता रहेको जग्गा यथाशीघ्र लगत कट्टा गरी सार्वजनिक प्रयोजनमा रहने प्रबन्ध गर्न महानगरले अनुरोध गरेको छ।
सडकमा व्यवसाय गर्नेका साइकल र ठेला जफत गरेर महानगरले सिधै कवाड बनाउने गरेको छ। महागर प्रहरीले जफत गरेका सामान अपचलन गर्ने र माग्न जानेलाई अमर्यादित व्यवहार गर्ने व्यवसायीको गुनासो छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान भनेको छ।
काठमाडौँ उडेको श्री एअरलाइन्सको विमान फेरि भैरहवा नै फर्काउनु परेपछि भैरहवा विमानस्थलका सबै उडानहरू केही बेर प्रभावित भएका छन्। अहिले विमानस्थल सामान्य अवस्थामा आइसकेको छ।
काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डल र नयाँ सडक क्षेत्रबाट अव्यवस्थित तार निकालेको छ। यो अभियान काठमाडौँ महानगरपालिकाभरि चलाइने जनाइएको छ।
च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मी पुग्न नसकेपछि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट थप सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान पठाइएको छ।
खोला छोप्ने कार्य वर्जित भएको र यस्ता कार्यलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप महानगरले चालेका कुनै पनि कदम खेर नगएको प्रमुख शाहले बताएका छन्।
यार्सा संकलनका लागि जुम्लाको पातारासीबाट गएका १५ जनामध्ये हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। उनीहरू छ दिन लगाएर मुगुको च्यार्खु लेक पुगेका थिए।
दोधारा चाँदनी नगरपालिका–७ मा गस्तीमा खटिएका सशस्त्र प्रहरीका सई नरेन्द्र चैंसिरमाथि गएराति स्थानीय युवाले खुकुरी प्रहार गरेका छन्।
प्रमुख जिल्ला अधिकारी दाहाल सरकारले समस्या समाधानका लागि ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० राष्ट्रपतिबाट जारी भइसकेकाले अब कानूनी बाटो सहज हुने बताउँछन्।
डब्लूएचओका प्रमुख गेब्रिएससले कोरोना महामारी अन्त्यको घोषणा गरिए पनि खतरा नटरेको बताएका छन्। अवस्था बिग्रिए जुनसुकै समयमा पुनः आपत्काल घोषणा गरिने उनी बताउँछन्।
इलामकाे सूर्योदय नगरपालिका–१० वरबोटेमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर चार भारतीय कामदारको मृत्यु भएको छ।
एक वर्षअघि उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेका दुई उजुरीमाथि प्रहरी अनुसन्धान अघि बढ्दा पटाक्षेप भएको नक्कली शरणार्थी प्रकरणमा थप ‘हाइप्रोफाइल’हरू तानिन सक्ने देखिन्छ।