AnonymousUser

Logout

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

नुवाकोटको टोखा–छहरे सडकखण्डस्थित थानाभञ्ज्याङमा रोकिराखेको बस आफैँ गुडेर दुर्घटना हुँदा दुई तीर्थयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्।

रोल्पा पहिरो: मृत भेटिएका चारको सनाखत, नौ अझै बेपत्ता

रोल्पाको थवाङमा पहिरो जाँदा मृत्यु भएका चार जनाको सनाखत भएको छ भने बेपत्ता नौ जनाको खोजी जारी छ।

आज राति गण्डकीमा धेरै भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना

कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

एनसेल शेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ।

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिकसम्बन्धी विधेयक बहुमतले स्वीकृत

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले १३ आयोगका ६५ पदाधिकारीमध्ये धेरैजसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागिएको जानकारी दिइन्।

प्रधानमन्त्री शाहसँग चिनियाँ र भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्।

उत्पादन र मूल्य वृद्धिले इलाममा फस्टाउँदै अदुवा खेती

उत्पादनका बेला प्रतिमन चार हजार ५०० रुपैयाँसम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन सात हजार रुपैयाँसम्म पुगेको छ। बच्चा र माउको मनासिब मूल्य पाएपछि किसानहरू अदुवाखेतीतर्फ आकर्षित भएका छन्।

फापरखेत पहिरोको सास्ती अन्त्य गर्न ‘डिजाइन एन्ड बिल्ड’ मोडलमा पक्की पुल

फापरखेत पहिरोको स्थायी समाधानका लागि म्याग्दी नदीमाथि सात करोड ५० लाख रुपैयाँको लागतमा ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा पक्की मोटरेबल पुल निर्माण गरिने भएको छ।

'सिजेरियन' सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई ६ घण्टाको यात्रा

जिल्ला अस्पताल तेह्रथुममा सिजेरियन सेवा ठप्प भएपछि जटिल अवस्थाका गर्भवतीहरू ६ घण्टाको कष्टकर यात्रा गरी तराईका अस्पताल पुग्न बाध्य छन्।

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नारायणी नदीमा पानीको बहाव बढेसँगै सुस्तामा निर्मित बाँध कटान तीव्र बनेपछि बस्ती नै डुबानको उच्च जोखिममा परेको छ।

आज कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा चारवटा विधेयक प्रस्तुत भएका छन्।

ग्यासदेखि स्वास्थ्य बीमासम्म व्यवस्थित गर्न सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदहरूले खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न, विद्युत् आपूर्ति नियमित बनाउन र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सुरक्षा निगरानी अभावमा ५ सयभन्दा बढी रोहिङ्ग्या नेपाल छिरे

खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा ५०० भन्दा बढी रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेका छन्।

यस्तो रहनेछ आजको मौसम

मनसुनको न्यून चापीय रेखा पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

२४ घण्टामा ११ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ।