रोल्पाको थवाङमा पहिरो जाँदा मृत्यु भएका चार जनाको सनाखत भएको छ भने बेपत्ता नौ जनाको खोजी जारी छ।
रोल्पा– रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति गएको पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत भएको छ।
मृत्यु हुनेहरूमा थवाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
पहिरोमा परेर गम्भीर घाइते भएका सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर थवाङ–५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय असीम पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६१ वर्षीय लिलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर र ३४ वर्षीय महेन्द्र घर्ती बेपत्ता छन्।
बेपत्ताहरूको खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी निरन्तर खटिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
