खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा ५०० भन्दा बढी रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेका छन्।
काठमाडौँ– खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ।
विभिन्न समयमा नेपाल-भारत सीमा नाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार हालसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन्, जसमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन्। उनीहरू काठमाडौँको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब महानिरीक्षक काफ्लेले सीमा क्षेत्रका प्रहरीलाई यस्ता व्यक्तिको अवैध प्रवेश रोक्न निर्देशन दिइएको बताए। “खुला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाले पहिचानमा समस्या भएको छ”, प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विदेशी नागरिकको अवैध नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाइएको छ।”
विपद् पूर्वतयारी र बेरुजु व्यवस्थापन
प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च सतर्कताको अवस्थामा राखिएको जानकारी उनले दिए। केन्द्र, उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रहरीलाई उपकरणसहित तयारी अवस्थामा राखिएको छ।
विपद् पूर्वतयारी र प्रतिकार्यका लागि करिब १० हजारभन्दा बढी प्रहरीलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। “केन्द्रस्तरको विपद् प्रतिकार्य तालिम केन्द्र, प्रदेशस्तरका विपद् व्यवस्थापन गुल्म र इलाका प्रहरीस्तरसम्म ‘स्टाण्डबाइ’ राखेका छौँ”, उनले भने।
विपद्का कारण प्रभावित हुने सेवा जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको उनले स्पष्ट पारे।
यस्तै, प्रहरी सङ्गठन बेरुजुसम्बन्धी गुनासालाई शीघ्र सम्पादन गरेर पुरस्कृत भएको उनको भनाइ छ। “हामीसँग खासै बेरुजु भएको अवस्था छैन”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
