AnonymousUser

Logout

विज्ञ टोलीको अध्ययनपछि मात्र कृष्णभीर सडकको मर्मत गरिने

त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सडक विभागले मर्मतको ढाँचा तय गर्न विज्ञ टोली खटाएको छ।

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो ​​​​​​​

त्रिशूलीमा आइतबार आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ।

भोटेकोशी बाढी: नौ जलविद्युत् आयोजनाका ५३७ जना सम्पर्कविहीन

भोटेकोशी नदीको बाढीका कारण रसुवा र नुवाकोटका नौ जलविद्युत् आयोजनामा कार्यरत ५३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्।

भोटेकोशी बाढी : शव पहिचानमा कठिनाइ

भोटेकोशी नदीको बाढीमा परी ज्यान गुमाएकामध्ये विभिन्न जिल्लामा भेटिएका १०२ वटा शव परीक्षण र पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइए पनि धेरैजसोको अवस्था क्षतविक्षत भएकाले पहिचानमा समस्या देखिएको छ।

यस्तो रहनेछ आजको मौसम

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शवको तस्वीर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुईको पहिचान

भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको पहिचानका लागि चितवनमा 'डिस्प्ले बोर्ड' राखिएको छ भने फोरेन्सिक विज्ञको अभावका साथै अत्यधिक गर्मी र ओसिलो मौसमका कारण शव कुहिन थालेपछि व्यवस्थापनमा समस्या देखिएको छ।

भोटेकोशी बाढी : मृतकको संख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

भोटेकोशी बाढी: ११७ विदेशी पर्यटकको उद्धार, कुन देशका कति?

नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, संयुक्त राज्य अमेरिकाका दुई र इटालीका दुई जनाको उद्धार गरिएको छ।

भोटेकोशी बाढी: ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

त्रिशूली र नारायणीमा भेटिएका शव भरतपुर अस्पतालमा

चितवनको त्रिशूली र नारायणी नदीमा बुधबार साँझसम्म भेटिएका ६४ वटा शव सोही दिन अस्पताल ल्याइएकोमा बिहीबार बिहानदेखि थप ६६ वटा शव संकलन गरी भरतपुर अस्पताल ल्याइँदै छ।

भोटेकोशी बाढी: शिक्षण अस्पताल, वीर र ट्रमा सेन्टरमा ५९ घाइतेको उपचार हुँदै

भोटेकोशी क्षेत्रको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये ५९ जनाको त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

भोटेकोशी बाढी: ३३२ को मृत्यु

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ३३२ पुगेको छ।

भोटेकोशी बाढी: हालसम्म २५८ शव फेला, ९१० जना सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा २५८ शव फेला पर्नुका साथै ९१० जना अझै सम्पर्कविहीन रहेका छन्।

चार प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कस्तो रहला आजको मौसम?

देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

देशका पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

लुम्बिनीका तराई क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना

लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतीय स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आइपुगेका छन्।

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

सरकारले पश्चिम नेपालका चार स्थानीय तहका पहिरो प्रभावित क्षेत्रमा तीन दिनभित्रै विशेषज्ञ टोली खटाएर प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको छ।

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

त्रिभुवन विश्वविद्यालयले गर्दै आएको विदेशी शैक्षिक उपाधिको समकक्षता निर्धारणको प्रक्रिया विश्वविद्यालय अनुदान आयोगले शुरू गरेको छ।