सांसदहरूले खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न, विद्युत् आपूर्ति नियमित बनाउन र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसदहरूले खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न, विद्युत् आपूर्ति नियमित बनाउन र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद वासना थापाले ओझेलमा परेका दैलेखको पञ्चदेवल, पञ्चकोशीलगायत तीर्थस्थल र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद बिना गुरुङले कास्की जिल्ला कारागारमा रहेका अभिभावकसँग आश्रित बालबालिकालाई उचित शिक्षादीक्षाको प्रबन्ध मिलाउन सरकारसँग माग गरिन्।
सांसद बुद्धरत्न महर्जनले २०८१ असोजमा आएको बाढीले ललितपुरको कोन्ज्योसोम, बागमती र महाँकाल गाउँपालिकाका सयौँ नागरिकको घर बगाएको उल्लेख गर्दै पीडित परिवारलाई शीघ्र राहत दिएर सुरक्षित आवासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।
सांसद भरतबहादुर खड्काले सरकार र नेपाल शिक्षक महासङ्घबीच यसअघि भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरे।
सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिमका सांसदहरूसँग गरेको छलफलमा आफूलाई आमन्त्रण नगरिएको भन्दै गुनासो गरे।
सांसद भरत गिरीले खाना पकाउने ग्यासको अभाव भइरहेको अवस्थामा विद्युत्को नियमित आपूर्ति नहुँदा सर्वसाधारण मारमा परेको जनाउँदै विद्युत् आपूर्ति सहज बनाउन माग गरे।
सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रेबिजको सङ्क्रमणबाट सयौँ पशु मरेको भन्दै तत्काल छाडा कुकुर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद भूमिका श्रेष्ठले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल प्रवेश गर्ने त्रिपुरेश्वर–कालिमाटी मूल सडकमा पैदलयात्रुको सुरक्षाका लागि आकाशे पुल निर्माण गर्न आग्रह गरिन्।
सांसद मदनकृष्ण श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीमा देखिएको बेथिति अन्त्य गर्न रेडक्रससम्बन्धी कानुन ल्याउन माग गरे।
सांसद मनमाया विकले दलित समुदायमाथि हुँदै आएको विभेद अन्त्य गर्न सरकारको स्पष्ट योजना खोइ भन्दै प्रश्न गरिन्।
सांसद माधवबहादुर थापाले बाँदर, बँदेल र दुम्सीको आतङ्कले पाल्पाका किसान प्रभावित बनिरहेको उल्लेख गर्दै जङ्गली जनावर नियन्त्रण गरी जनतालाई राहत दिन माग गरे।
सांसद मोहन आचार्यले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डको बनुवा घुम्तीमा पहिरो रोक्न बनाइएको ग्याबिन पर्खाल भत्कँदा चीनसँग जोड्ने अन्तर्राष्ट्रिय नाका बन्द हुने अवस्थामा पुगेको जनाउँदै यथाशीघ्र सडक निर्माण सुरु गर्न ध्यानाकर्षण गराए।
सांसद मोहनलाल आचार्यले कपिलवस्तुस्थित नेपाल–भारत सीमा नाकाबाट अवैध लागुऔषध ओसारपसार, चोरी पैठारी र विषादीयुक्त तरकारी अवैध रूपमा भित्रँदा स्थानीय किसान प्रभावित भएको बताए।
सांसद मोहमद फिरदोस आलमले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सहुलियत दिन माग गरे।
सांसद यज्ञबहादुर बोगटीले कर्णाली नदीले अछामका चार वटा पालिकामा कटान बढाउँदै लगेको भन्दै नदी नियन्त्रणको काम थाल्न आग्रह गरे।
सांसद यज्ञमणि न्यौपानेले अन्य खर्च कटौती गरेर भए पनि स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराए।
सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेसँग सरकारले गरेको सम्झौता तत्काल पूरा गर्न माग गरिन्।
सांसद रजनी श्रेष्ठले फुटबल प्रतियोगितामा गम्भीर घाइते भएका राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद रत्नाकुमारी थापाले अछामका ग्रामीण भेगमा बिजुलीका खम्बा गाडिए पनि त्यहाँका नागरिकले कहिले बत्ती बाल्न पाउँछन् भनी सरकारसँग प्रश्न गरिन्।
सांसद रञ्जु न्यौपानेले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गरेकामा सरकारलाई धन्यवाद दिइन्।
सांसद रमेशकुमार मल्लले श्रमिकको ज्याला पुनरावलोकन गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा र सामूहिक सौदाबाजी सुनिश्चित गर्न माग गरे।
सांसद रमेशकुमार सापकोटाले देशभर देखिएको ग्यासको अभाव तत्काल अन्त्य गरी आगामी दिनमा अभाव नहुने सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद रमेश प्रसाईंले ग्यासको कृत्रिम अभाव अन्त्य गर्न र ग्यासको कालोबाजारी गर्नेलाई दण्ड दिन केले रोक्यो भनी सरकारसँग प्रश्न गरे।
सांसद राजकिशोर महतोले साम्प्रदायिक सद्भाव खलल पुर्याउन खोज्नेलाई कडा कारबाही गर्न माग गरे।
सांसद राजन गौतमले अनुदानमा पाउने कृषि सामग्री र मलबीउमा ठूलो घोटाला हुँदै आएको जिकिर गर्दै त्यसबारे अनुसन्धान गर्न माग गरे।
सांसद राजीव खत्रीले भक्तपुरको परम्परागत कुमाले पेसा लोप हुँदै गइरहेको भन्दै माटोका भाँडा बनाउने सीपलाई प्राज्ञिक मान्यता दिन सरकारको ध्यानाकर्षण गराए।
सांसदहरू राधिका रम्तेल, राम लामा, रिङ्गला यादव, रिमा विश्वकर्मा, रुकेश रञ्जित, रुविना आचार्य र रेखाकुमारी यादवले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
