अख्तियारले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्वेक्षक सञ्जीवकुमार यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई नियन्त्रणमा लिएको हो।
आफूलाई प्रहरी बताउने पाँच जना जनकपुरधामको एक घरभित्र पसेर महिलालाई नियन्त्रणमा लिए। यसरी पक्रन जाने दुई जना नेपालकै पुलिसलाई घरवालाले प्रहरी चौकीमा पहिचान गरे। तर महिला भारत पुर्याइसकिएकी थिइन्।
गोरखा–आँबुखैरनी सडकअन्तर्गत गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ।
पहिरोमा पुरिएर पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुर्दा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे पहिरोले दुईवटा बस पुरेको हो।
विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीता सोडारीलाई दोषी ठहर गरेको छ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ।
बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।
पोखरा महानगरमा मागबमोजिम पानी वितरण हुन नसक्दा उपभोक्ता ट्यांकर, बोरिङ र स्थानीय स्रोतमा भर परेका छन्। पोखरा र लेखनाथका खानेपानी सम्बद्ध संस्था मागअनुसार पानी दिनै नसकिने बताउँछन्। किन?
बाढीका कारण चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन्।
बाढीपहिरोका कारण डुम्रे–बेँसीशहर–चामे, विराटनगर–इटहरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदालाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुने गरी सुझाव दिन आयोगले आग्रह गरेको छ।
काठमाडौँ– राष्ट्रियसभाको बैठक स्थगन भएको छ। बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो। बिहीबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् …
नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ।
हेलिकप्टर पाइलटले उठाएका विषयहरूको अध्ययन गरी महानिर्देशक समक्ष आवश्यक राय सुझाव बुझाउन क्यानले उक्त समिति गठन गरेको हो।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ।
बागलुङ नगरपालिका–७ तितौरेमा बुधबार राति पहिरोमा पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको छ।