कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरू योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ।
भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको रहेको प्रहरीले जनाएको छ।
एमाले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने या नहुने भन्नेमा अन्योल देखिएको छ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचार्यले अन्धविश्वासमा परी झारफुक या चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतीत हुँदा सर्पदंशमा परेका बिरामीले ज्यान गुमाउने गरेको बताए।
सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई गोलबजार नगरपालिका-८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको मृत्यु भएको हो।
भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै सडक भासिएको छ।
नदीमा पानीको मात्रा बढ्दै गएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि शुक्रबार राति खोजीकार्य रोकिएको थियो।
प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी पेश गरेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत पाँच करोड बराबरको अवैध कारोबार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।
त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँच वटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका छन्।
नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानूनविद्हरूसँग परामर्श गरेका छन्।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ६ जना बेपत्ता भएका छन्।
सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेको प्रशासनले जनाएको छ।
मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ।
त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ।
सडक विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।