AnonymousUser

Logout

बाढीपहिरोका कारण जेठ २८ गतेयता ४८ जनाले गुमाए ज्यान

प्रहरीका अनुसार बाढीपहिरोमा परी काठमाडौँमा एक जना, कोशी प्रदेशमा ११, मधेशमा दुई, बागमतीमा दुई, गण्डकीमा १९ जना, लुम्बिनीमा १०, कर्णालीमा दुई र सुदूरपश्चिममा एकको मृत्यु भएको छ।

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका ३ जना पक्राउ, ५ अझै फरार

घटना भएको करिब एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

बेचन झा जसले मन्त्रिपरिषद्लाई नै हात लिएर नक्कली शरणार्थी गिरोहको पक्षमा निर्णय गराए

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेमार्फत् झाले बालुवाटार–सिंहदरबार ‘नेक्सस’ मिलाएको प्रहरीले फेला पारेको उनको त्यतिबेलाको टेलिफोन संवादले देखाउँछ।

डडेलधुरामा पहिरोमा परी १ जनाको मृत्यु, सडक अवरुद्ध

वर्षाका कारण तराई र पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेलधुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षति पुगेको छ।

बजेट संशोधनको माग गर्दै मधेश प्रदेशसभामा जसपा नेपालको अवरोध

बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु

मनसुन शुरू भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।

फौजदारी न्याय प्रशासन सुधार अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले आफूले‍ तयार पारेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ।

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन्।

कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्कता अपनाउन आग्रह

कोशी ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन्।

राप्तीको बाढीमा बेपत्ता २ जनाको शव फेला

बाढीमा परेका राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरीले हस्नापुर घाटबाट उद्धार गरेको छ।

तनहुँमा पहिरोमा पुरिएका १ जनाको शव भेटियो, २ को खोजी जारी

पहिरोमा पुरिएर बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक रायले जानकारी दिए।

बाढी, पहिरो र डुबानमा देशभर ८ जनाको मृत्यु, ६ बेपत्ता

विपद्जन्य घटनामा परेर ६ जना बेपत्ता तथा सातजना घाइते भएका छन्। देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको छ।

जलसतह बढेपछि सप्तकोशीका ४१ ढोका खोलिए

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्। बिहान ६ बजे ब्यारेजमा तीन लाख १६ हजार ८०० क्युसेक पानी मापन गरिएको छ।

बागमतीमा नदीमा फसेका ३ जनाको उद्धार

सशस्त्र प्रहरी बल नेपालले बागमती नदीमा फसेका तीन जनाको उद्धार गरेको छ।

स्याङ्जामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ५ घाइते

बिरुवा गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानी सुरक्षित भनेर राखिएको ठाउँमा शनिबार दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।

सप्तकोशीमा जलसतह यो वर्षकै उच्च, ३४ वटा ढोका खोलियो

सप्तकोशी नदीमा शनिबार यस वर्षकै सबैभन्दा उच्च जलसतह मापन गरिएको छ।

काठमाडौँमा पहिरोमा पुरिएर १ जनाको मृत्यु, डुबानमा सुकुमबासी बस्ती

बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका छन्।

पहिराले मुग्लिन–मलेखु सडक अवरुद्ध 

मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो। 

अविरल वर्षाबाट उपत्यकाको जनजीवन प्रभावित

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको छ।

दाङमा बाढीले ट्र्याक्टर पल्टाउँदा १ जनाको मृत्यु, दर्जनौँ घर डुबानमा

दाङमा राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने गङ्गदी खोलाले ट्र्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।