AnonymousUser

Logout

मनसुनी विपद्मा परी २४ घण्टामा ७ जनाको मृत्यु

मनसुनी विपद्मा परी गएको चौबिस घण्टाको अवधिमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिमलताल दुर्घटना : बेपत्ता भएकाहरूलाई खोज्न ३०० सशस्त्र प्रहरी परिचालित

घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब १३२ किलोमिटर क्षेत्रमा ३०० को संख्यामा जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

अतिक्रमित सरकारी जग्गामा ‘हाइटेक नर्सरी’

१५ वर्षपछि कब्जा फुकुवा गरिएको उक्त सरकारी जग्गामा निर्माण गरिएको हाइटेक नर्सरीमा ‘जर्मिनेसन’ र ‘ग्रिनहाउस’ गरी दुई वटा ‘च्याम्बर’ बनाइएको सबडिभिजन वन कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए। 

सिंखुवासभाको सिलिचोङमा पहिरो: २ जनाको मृत्यु, १ गम्भीर

मंगलबार बिहान पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिए।

आठबीसकोट बाढी:  ३ बालिकाको शव निकालियो, १ जनाको खोजी जारी

आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा सोमबार राति आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए। 

रुकुम पश्चिममा बाढीले घर बगाउँदा ३ बालबालिका पुरिए, १ जना बेपत्ता

लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्ने प्रयास भइरहेको आठबीसकोट नगरपालिका प्रमुख रवि केसीले बताए। उद्धारका लागि प्रहरी र स्थानीयवासी खटिएका छन्।

बर्दियामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु, १ घाइते

घाइते २५ वर्षीय विश्राम थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज पठाइएको छ।

सिमलताल पहिरो: बेपत्तामध्ये नवलपुरमा भेटिए ९ शव

हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा गरी १३ शव भेटिएको प्रहरीले जनाएको छ।

सिमलताल घटना अध्ययन गर्न गृहले बनायो कार्यदल

चितवनको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेको घटनाबारे अध्ययन गर्न गृहमन्त्री रमेश लेखकले पाँच सदस्यीय कार्यदल बनाएका छन्।

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठन गर्न गरेको आह्वान र प्रधानमन्त्रीको नियुक्त संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेको उपभोक्ताको गुनासो छ। अनुगमन नहुँदा व्यापारीले मनपरी दर कायम गरेर ठगी गरेको उनीहरूको भनाइ छ।

गहुँतबाट मल र जैविक विषादी उत्पादन गर्दै किसान

किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको उनले बताए।

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको तथा सबस्टेसन र पावर हाउसमा क्षति पुर्‍याएको छ।

सिमलताल पहिरो: थप २ शवको पहिचान खुल्यो

शुक्रवार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुई शवको पहिचान खुलेको छ।

साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो।

मौसम पूर्वानुमान: यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार राति कोशी, बागमती र गण्डकी  प्रदेशका एक/दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नयाँ सडकमा फुटपाथ विस्तार रोक्ने सडक विभागको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश

महानगरपालिकाले नयाँ सडकमा पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो।

डुबेर ३ जनाको मृत्यु

स्याङ्जामा कुवामा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने गोरखामा माछापोखरीमा डुबेर एक किशोरले ज्यान गुमाएका छन्।

मधेश प्रदेशमा बजेटबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

मधेश प्रदेशमा बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ।

बाढीपहिरोमा परी १०८ जनाले गुमाए ज्यान

जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत विपद्मा परी १०८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।