पहिरो पन्छाइरहेको स्थानमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
गुठीचाैर गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना नै बनाएर प्याराग्लाइडिङ संचालनमा ल्याउने जनाएको छ।
बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो।
भोजपुर–चखेवा सडक खण्डको मेस्पाङमा बुधबार बिहान करिब ६० मिटर सडक भासिएको हो।
शिविरमा छोरीज्वाईंका साथमा बस्न थालेका ६६ वर्षीय राईलाई अमेरिकाको ओहायोस्थित शरणार्थी शुभेच्छुकहरूले पठाएको सहयोग बुधबार बिहान हस्तान्तरण गरिएको छ।
हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावानजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको प्रहरीले जनाएको छ।
पोखरा महानगर–२७ सहेलापाटाका मनबहादुर थापाको घर बुधबार बिहान पहिरोले पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोक केन्द्रविन्दु भएर बुधबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।
डुबेको रकम फिर्ता आउने टुंगो नभएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता तथा अमेरिका जान भनी रकम बुझाएकाहरूले थप प्रमाणसहित अदालत जाने तयार गरेको बताएका छन्।
मनसुनजन्य घटनाबाट झापाका विभिन्न ११ स्थानमा करिब एक करोड आठ लाख ५०० रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ।
कानून व्यवसायी नानी थापासँग सम्बन्धित घटनाको सीसीटीभी फुटेज अध्ययन गरी दोषीउपर कानूनबमोजिम कारबाही अगाडि बढाउनुपर्ने काठमाडौँ जिल्ला अदालतका कर्मचारीको माग छ।
अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो।
विसं २०७८ जेठ १४, २९ र असार १ मा मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो।
जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर ७८ जनाको मृत्यु भएको छ। ९० जना घाइते र पाँचजना बेपत्ता भएका छन्।
सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा भेरी नगरपालिका–१ च्याउपानीका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको छ।
बेँसीशहर नगरपालिका– १ दलालमा मंगलबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।
विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।