नयाँ सडक क्षेत्रमा पैदलमार्ग विस्तारले पार्ने प्रभावबारे अध्ययन गर्न महानगरको योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अध्ययन समिति गठन गर्ने सहमति भएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाअन्तर्गत नयाँ सडक क्षेत्रको पैदलमार्ग विस्तार विवादमा सहमति भएको छ। सोमबार आन्दोलनरत पक्ष, मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारबीच भएको वार्तापछि नयाँ सडक क्षेत्रमा पैदलमार्ग विस्तार विवादमा सहमति भएको हो।
सहमतिअनुसार वडा नम्बर २४ मा पैदलमार्ग विस्तारको काम सम्पन्न गरिने छ भने अन्य वडाको काम मंसिरसम्मका लागि स्थगित हुने छ। बाँकी काम अध्ययन गरेर प्राप्त निष्कर्षअनुसार अगाडि बढाइने भएको छ।
अध्ययन गर्नका लागि महानगरको योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा आठ सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। उनका अनुसार राजभण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव रहने छन्।
उनीहरूले वडा २४ को पैदलमार्ग विस्तारले पारेको असर (सकारात्मक अथवा नकारात्मक)बारे अध्ययन गरी मंसिर २ मा प्रतिवेदन बुझाउने सहमति भएको छ। पैदलमार्ग विस्तारको विरोध गर्दै आएका वडा नम्बर २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले सहमतिपछि ‘जनताको जित’ भएको बताए। उनले वडा नम्बर २२ को आन्दोलन रोकिएको उल्लेख गरे।
“अब २२ नम्बर वडाको क्षेत्रमा कार्यदल बनाएर अध्ययनपछि आउने प्रतिवेदनको सिफारिसअनुसार मात्रै काम हुने भएको छ। कुनै पनि कार्यअघि अध्ययन गर्नुपर्छ भन्ने हामीले भन्दै आएका थियौँ। जनताको माग र आवश्यकतालाई मध्यनजर गरेर मात्र विकासको कार्य थालनी गर्नुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
