कालोसूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन्। सो अवधिमा ४४५ सवारीसाधन दुर्घटनामा परेका थिए।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो।
सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरूसँग छलफल गरेको छ।
मनसुनी विपद्मा परी गएको चौबिस घण्टाको अवधिमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब १३२ किलोमिटर क्षेत्रमा ३०० को संख्यामा जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
१५ वर्षपछि कब्जा फुकुवा गरिएको उक्त सरकारी जग्गामा निर्माण गरिएको हाइटेक नर्सरीमा ‘जर्मिनेसन’ र ‘ग्रिनहाउस’ गरी दुई वटा ‘च्याम्बर’ बनाइएको सबडिभिजन वन कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए।
मंगलबार बिहान पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिए।
आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा सोमबार राति आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए।
लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्ने प्रयास भइरहेको आठबीसकोट नगरपालिका प्रमुख रवि केसीले बताए। उद्धारका लागि प्रहरी र स्थानीयवासी खटिएका छन्।
घाइते २५ वर्षीय विश्राम थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज पठाइएको छ।
हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा गरी १३ शव भेटिएको प्रहरीले जनाएको छ।
चितवनको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेको घटनाबारे अध्ययन गर्न गृहमन्त्री रमेश लेखकले पाँच सदस्यीय कार्यदल बनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठन गर्न गरेको आह्वान र प्रधानमन्त्रीको नियुक्त संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेको उपभोक्ताको गुनासो छ। अनुगमन नहुँदा व्यापारीले मनपरी दर कायम गरेर ठगी गरेको उनीहरूको भनाइ छ।
किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको उनले बताए।
७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको तथा सबस्टेसन र पावर हाउसमा क्षति पुर्याएको छ।
शुक्रवार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुई शवको पहिचान खुलेको छ।
दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो।