दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएका जैमिनीका किसान सडक अवरुद्ध हुँदा समस्यामा परेका छन्।
ढोरपाटन– अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए। वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ। दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएका जैमिनीका किसान सडक अवरुद्ध हुँदा समस्यामा परेका छन्।
‘हिजो साँझदेखि ठूलो वर्षा भइरहेको हुँदा पहिराले सडक छेउबाट भासिएको छ, पहिले पनि यही ठाउँमा सडक भासिदा लामो समय अवरुद्ध भएको थियो, अहिले पनि सोही ठाउँमा सडक बगाएको छ, अहिले वर्षा भइरहेको हुँदा खुलाउने सम्भावना छैन, वर्षा रोकियो भने बल्ल खुलाउने प्रयास गर्ने छौँ,’ प्रमुख निउरेले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
