सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महानगरपालिकाले नयाँ सडकमा पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो।
स्याङ्जामा कुवामा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने गोरखामा माछापोखरीमा डुबेर एक किशोरले ज्यान गुमाएका छन्।
मधेश प्रदेशमा बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ।
जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत विपद्मा परी १०८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको जानकारी दिए।
परम्परागत नेवाः शैलीको आडमा दाची अप्पा टालेर, ज्याकेटिङ गरी सम्पदाजस्तो देखिने मिथक भवन निर्माण नगर्न अभियन्ताले गुठी संस्थान, काठमाडौँ महानगरपालिका र पुरातत्त्व विभागलाई सचेत गराएका छन्।
आइतबार नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ को विन्दुमा कायम भएको छ।
ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदीछेउमा अनधिकृत रूपमा बनाइएका संरचना हटाएको छ।
सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा राजनीतिक परिस्थितिका कारण स्थगित भएको छ।
पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियाली नागरिक बाथुमालाई भाडिभालु रहेकी छन्। प्रहरीले उनलाई ठमेलस्थित एक होटलबाट कोकिनसहित पक्राउ गरेको हो।
भोटेकोसी–१ जलविद्युत् आयोजनाको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ।
हेम–सरिता पाठक फाउन्डेसनले 'टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार' उकालोकर्मी दिपा दाहाल र कान्तिपुरका मातृका दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ।
सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकको आकर्षणको केन्द्र बन्दै गरेको स्याङ्बोचेस्थित हिमालयन संग्रहालयमा आधारशिविर र त्यसभन्दा माथि संकलित फोहोरबाट विभिन्न कलाकृति बनाएर बिक्रीका लागि समेत राखिएको छ।
गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुई र भरतपुर–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
२५ जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ। चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ।
सिमलतालमा पहिरोले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ।
अर्काको नाममा प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जनाहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ।
नारायणी नदीको बीच भागको टापुमा शनिबार दिउँसो दुई पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।
बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो संख्यामा नागरिक विस्थापित भएका थिए।