AnonymousUser

Logout

आज भाइटीका, १०ः५१ बजे शुभ साइत

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व  फर्किनुपर्ने समितिले जनाएको छ।

काठमाडौँको ‘कोर’ क्षेत्रका नेवार र मुसलमान: मिलेर मनाउँछन् एकअर्काका चाड

करिब ६०० वर्ष अघिदेखि काठमाडौँ प्रवेश गरेको मानिने मुसलमानहरूको बसोबास असन, इन्द्रचोकदेखि स्वयम्भूसम्म छ। नेवारको जात्रालगायत चाडमा सहभागी हुने उनीहरू आफ्नो चाडमा पनि छिमेकी बोलाउँछन्।

र्‍यालीसहित नेपाल संवत् ११४४ को स्वागत (तस्वीरहरू)

म्ह: पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा। नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैँमा विशिष्ट छ।

आज नेपाल संवत्‌को नयाँ वर्ष र म्ह: पूजा

शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को शुरूआत गरेका थिए। नेपाल देशको नामबाट राखिएकाले यसलाई मौलिक संवत् पनि भनिन्छ।

तिहारको चौथो दिन: गोवर्द्धन एवं गोरु पूजा गरिँदै

कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजा गरी सम्मान प्रकट गर्ने गरिन्छ। घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन छ

दायित्व वाङ्‌मय प्रतिष्ठानद्वारा ३ पुरस्कारको निर्णय 

यी पुरस्कार मंसिर ९ गते काठमाडौँमा एक समारोहको आयोजना गरी प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।

मीठो खुवाएर यसरी गरियो गोठगोठमा गाईपूजा (तस्वीरहरू)

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

तिहारको तेस्रो दिन: गाईको पूजा गरिँदै

गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।

महाकवि देवकोटाको घरको कथाः जोगाउनुपर्ने प्रज्ञा प्रतिष्ठानले नै भत्काएर बनाएको ‘संग्रहालय’

ढुंगामाटोले बनेको महाकवि देवकोटा बस्ने घर २०७२ सालको भूकम्पले क्षति पुर्‍याए पनि संरक्षण गर्न सकिने विज्ञहरूको सुझाव बेवास्ता गरेर प्रज्ञा प्रतिष्ठानले जगैदेखि भत्काई लिफ्टसहितको आधुनिक भवन बनाएको छ।

सुरक्षा निकायका कुकुरको पूजा र कला प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तालिम प्राप्त कुकुरहरूको छुट्टाछुट्टै पूजा गर्नुका साथै कला प्रदर्शनी पनि गरेका छन्। कुकुरलाई सुरक्षा निकायले अनुसन्धानमा प्रयोग गर्दै आएका छन्।

दीपावली र छठले उमंगमय मिथिला

उज्यालो र सम्पन्नताको प्रतीक मानिने दीपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ। राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले सबैमा उमंग छाएको छ।

तिहारको दोस्रो दिन: लक्ष्मीको पूजा गरिँदै, कुकुर तिहार पनि आजै

साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।

पुरुषोत्तम आचार्यको खण्डकाव्य ‘जुनेली’माथि परिचर्चा

नेपाली समाजमा भएको जातीय तथा वर्गीय विभेदलाई लिएर झ्याउरे छन्दमा लेखिएको खण्डकाव्यमाथि तीन जना समालोचकले चर्चा गरेका छन्।

जात काढेर जेलमै सढाइएका गोपी शर्माको खोजी

जात काढेर जेल हालिएको एक बाहुनलाई जसरी प्रजा परिषदका नेता र कार्यकर्ताले गोपी च्यामे भन्न चाहेनन् र गोपी शर्मा भन्न पनि सकेनन्, त्यसैगरी उपन्यासमा उसलाई गोपीचा बनाइयो।

किराँत धर्मका महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती मनाइँदै

किराँत समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।

यमपञ्चकको पहिलो दिन आज काग तिहार, धन्वन्तरि जयन्ती पनि मनाइँदै

कात्तिक कृष्ण त्रयोदशी परेकाले शनिबार बेलुकादेखि नै यमदीपदान गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

भूकम्पले मेटिँदै जाजरकोट दरबारको अस्तित्व

तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर जाजरकोट दरबार निर्माण गरिएको थियो। त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो।

जाजरकोट भूकम्पका कारण सिस्नुपानीले रोक्यो यस वर्षको देउसी

सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोगस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।

पाथीभरामा बलिको विकल्प नरिवल

बलि चढाउँदा आफूले चिताएका इच्छा, आकांक्षा पूरा हुने जनविश्वासले पाथीभरा आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे। अहिले भने त्यो चलन हट्दै गएको छ।

हाँडीगाउँको चोक्टे नारायण जात्रालाई यसकारण भनिन्छ ‘कहीँ नभएको जात्रा’

हाँडीगाउँवासीमाझ प्रचलित विभिन्न किंवदन्तीलाई सार्थक पार्ने जात्राका खट, मैनको फूल, पूजाविधि लगायतका विभिन्न अद्वितीय कारणले ‘चोक्टे नारायण जात्रा’ले  कहीँ नभएको जात्राको उपमा पाएको हो।