प्रायः नेपाली फिल्म निर्माताहरूले विदेशी फिल्मको तुलनामा हलमा कम ‘शो’ पाएको र शेयर बाँडफाँट असमान भएको गुनासो गर्छन्। तर हलवालाहरू भने अधिकांश नेपाली फिल्मले दर्शक नै तान्न नसक्ने दाबी गर्छन्।
बाकुनिनका कुरा पहिलो पटक सुन्दा आवेगपूर्ण र आक्रोशयुक्त लाग्छन्, तर समाज, राज्य र काल्पनिक ईश्वरका नाममा हुने गरेका तमाम कर्म देख्दा भने उनको तर्क युक्तिसंगत लाग्छन्।
धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन लाग्छ। गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो।
हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रूपमा लिइन्छ। त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ।
अन्तर्राष्ट्रिय तथा वातावरण कानूनका विज्ञ डा. मल्ल स्विडेनको स्टकहोम, काल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनमा सक्रिय छन्।
पुस्तकमा आफूले आफ्नो निजी जीवनभन्दा पनि पेसागत जीवन र देशका लागि जुट्दा–खटिँदा देखे–भोगेको अवस्थालाई चित्रण गरेको लेखकको भनाइ छ।
सोमबार बिहान तराईंलगायत देशका विभिन्न भागमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ।
सयौँ वर्ष पुराना उमामहेश्वरका मूर्ति अधिक चोरी भएका, तर कम फर्किएकामा पर्छन्। यी मूर्तिले रसिक दाम्पत्य जीवनको भाव दर्साउँछन्। उमामहेश्वरका मूर्ति कुनै समय राजपरिवार वा उच्च वर्गले घरमा राख्ने गर्थे।
पुस्तक प्रदर्शनीमा अमेरिका, इजिप्टसँगै दक्षिण एशिया क्षेत्रका भारत, बांग्लादेश, चीनलगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकले सहभागिता जनाउने आयोजकको भनाइ छ।
तराई क्षेत्रमा मनाइने छठ मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। पञ्चमीका दिनदेखि व्रत बस्नेले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसाद ग्रहण गर्ने चलन छ।
छठपूजाका लागि वीरगन्जस्थित घडिअर्वा पोखरीबीचमा रहेको मन्दिरलाई फूलमालाले चिटिक्क पारेर सिँगारिएको छ भने झिलीमिली बत्तीले उज्यालो बनाइएको छ।
मुगलान पसेका युवायुवतीमध्ये कतिका प्रेमीप्रेमिका स्वदेशमा बसेर उनीहरूलाई सम्झिरहेका होलान्। कोरियाली–क्यानडेली चलचित्र 'पास्ट लाइभ्स'ले वर्तमान नेपाली परिवेशको त्यस्तै एउटा पाटोलाई बेसरी छुन्छ।
तराईवासी मधेशी समुदायको मुख्य पर्वको रूपमा रहेको छठ पछिल्लो समय पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेका छन्।
काठमाडौँमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, नख्खु, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ।
छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर सिँगारिएका छन्। सबैजसो घाटमा रातभर जाग्राम बस्न गीत, संगीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ।
पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको पिठोबाटै तयार गरिन्छ। अर्घ्य दिने जलाशय किनारमा घाट बनाउने र सरसफाइलगायत कामलाई महत्त्वका साथ लिने गरिएको छ।
नयाँपुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिक रूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ।
वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले यहाँ टीका लगाउने गर्छन्। मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकासँग टीका थाप्ने गरिन्छ।
दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ।
बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ।