AnonymousUser

Logout

हाँडीगाउँको जात्रामा जगतमै नभएको फूल!

बोलीचालीमा ‘कहीँ नभएको जात्रा’ भनिए पनि हाँडीगाउँका बासिन्दा चोक्टे नारायणको जात्रा भन्छन्। यस जात्रामा उल्टो खट र मैनको फूल प्रयोग हुने कारण अन्य जात्राभन्दा फरक भएको हो।

राउटे बस्तीमा दशैँको चटारो

देवी–देवताको पूजा गर्ने, दशैँलगायत चाडपर्व मनाउनेजस्ता हिन्दू संंस्कारप्रति राउटे समुदायको विश्वास छ। यद्यपि उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ।

फ्राइडे फिल्म : हलमा ‘बाबरी’

चलचित्र बाबरी प्रदर्शनमा आएको छ। मूलतः युवापुस्ताबिचको प्रेम सम्बन्धमा आधारित चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा धिरज नाडकर र अदिति बुढाथोकीको अभिनय छ।

चलचित्रमा नयाँ पुस्ताको आकर्षण

नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताको उपस्थिति उत्साहजनक देखिएको छ। पछिल्लो समय नेपाली सिनेमाप्रतिको आम बुझाइ पनि फेरिँदो छ।

कलाका विभिन्न विधालाई एकीकृत गर्नुपर्छः उपकुलपति शर्मा

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताए।

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिजोआजका कुरा’माथि चलचित्र बन्ने भएको छ। योसँगै लामो समयसम्म टेलिभिजनमा प्रशारण भएर बन्द भएको हिजोआजका कुरा ठूलो पर्दामा आउने भएको हो।

बडादशैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजाराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज दशैँघर तथा पूजाकोठामा ब्रह्मचारिणी देवीको आराधना गरी मनाइँदै छ। ब्रह्मचारिणीको पूजा गर्दा ब्रह्मतत्व प्राप्त हुने धार्मिक विश्वास छ।

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

काठमाडौँमा दोस्रोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। मण्डला थिएटरमा आयोजना हुने महोत्सवले नाटक हेर्ने परम्परा बढाउने अपेक्षा गरिएको छ।

नवरात्रीको पहिलो दिनः दशैँघरमा विधिवत् जमरा राखियो

विजया दशमीको पहिलो दिन घटस्थापनामा काठमाडौँ हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ। घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो।

पर्दामा सफल भएन ‘द्वन्द्वको कथा’

माओवादी द्वन्द्वको परिवेशमा जोडिएर निर्माण भएको ''दोख'', ''पानीफोटो'' र ''प्रकाश'' बक्स अफिसमा जम्न सकेन।

साढे सात वर्षपछि ठडियो क्षतिग्रस्त जय बागेश्वरी मन्दिर, यस्ताे छ इतिहास

भूकम्पले क्षतिग्रस्त बनेकाे जय बागेश्वरी मन्दिरकाे पुनःनिर्माण सकिएकाे छ। १९९० सालकाे भूकम्पमा समेत क्षतिग्रस्त भएकाे याे मन्दिर त्यतिबेला पनि पुनःनिर्माण गरिएकाे थियाे।

नेपालबाट ओस्करका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

ओस्कर अवार्डका लागि नेपालबाट हाल प्रदर्शनमा रहेकाे चलचित्र 'ऐना झ्यालको पुतली' सिफारिसमा परेकाे छ।

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

भारतीय कमेडियन राजु श्रीवास्तवको उपचारका क्रममा बुधबार दिल्लीको एम्स अस्पतालमा ५८ वर्षको उमेर निधन भएको छ।

अवतार: द वे अफ वाटर शुक्रबार रिलिज हुँदै

अवतारमा २२औँ शताब्दीको मध्यतिरको काल्पनिक सेटिङ छ, जहाँ मानिसहरूले बहुमूल्य खनिज पदार्थ उत्खनन् गर्न प्यान्डोरालाई उपनिवेश बनाउने प्रयास गर्छन्।

टिकटकमा बढ्न थाल्यो चलचित्रको पाइरेसी

प्रचारप्रसारका लागि सहयोग मानिएको टिकटकमा चलचित्रका महत्त्वपूर्ण दृश्य भेटिन थालेपछि निर्माताहरू चिन्तित बनेका छन्।

पोखरामा कलाकारको जमघट

नेपालको अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस)ले कलाकारको जमघट पोखरामा जुटाइदिएको थियो। पूर्वदेखि पश्चिमसम्मका नेपाली कलाकारका साथमा भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकार सहभागी थिए।

सांस्कृतिक नगरी मटिहानीको स्वरूप फेरिँदै

रामायणकालीन जनश्रुतिसँग जोडिएको मटिहानीमा धार्मिक र सांस्कृतिक महत्त्वका कामले गति लिएका छन्।

१५ वर्षपछि खोलियो पशुपतिनाथको पूर्वी ढोका

२०६५ सालदेखि बन्द रहेको पूर्वी ढोका भक्तजनका लागि अब नियमित खोलिने छ।

कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक

गौतमले मुलुक भित्रैबाट थालेको संघर्षबाट सुरू भएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरु हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिव एवं युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुगेको छ।