AnonymousUser

Logout

'चंगा चेट'को चार पुस्ता पुरानो विरासत (तस्वीर कथा)

दिनोज पेसामा यति इमानदार छन् कि नियमित आउने ग्रहकको लागि कागजको चंगा स्टकमा राखेर भए पनि खाली हात पठाउँदैनन्। दशैँतिहारमा मात्र नभई बाह्रै महिना चंगा बेच्नेमा पर्छन् उनी।

दशैँको आठौँ दिन: महाअष्टमी पर्व मनाइँदै

कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा गर्नेसमेत चलन छ।

हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइयाे फूलपाती

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइने गरिन्छ।

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्वीरहरू)

फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो।

जमरा नलगाई दशैँ मनाउने खोकनावासीको सांस्कृतिक उत्सवः सिकाली जात्रा

खोकनामा मानिससरह धारामा नुहाउँदै गरेका हाँस, रुद्रायणी मन्दिरको भागमा छाडिएका बाख्रा र तिनका पाठापाठीलाई पनि त्यहाँ चढाएका प्रसाद खान भ्याईनभ्याई हुन्छ। मन्दिर परिसर धूपबत्तीको बास्ना र रापले भरिन्छ।

गोरखाबाट काठमाडौँ पठाइयो फूलपाती, हनुमानढोका दरबारमा भित्र्याइने

हरेक वर्ष दशैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती हर्षबढाइँका साथ काठमाडौँस्थित हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ।

दशैँको सातौँ दिन: घरघरमा फूलपाती भित्र्याइँदै

नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ। फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ।

नवरात्रको छैटौँ दिन: कात्यायनी देवीको पूजा गरिँदै

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नौ दिनसम्म पूजा गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। 

डाँडा र चौतारा सुनसान: हराउँदै लिंगे पिङ

दशैँदेखि तिहारसम्म डाँडा र चौतारामा पिङ हुन्थे। तर, अहिले ती डाँडा र चौतारा सुनसान छन्। मौलिकतासँग जोडिएको लिंगे पिङ बिना दशैँको रौनक नै कम हुने गरेको  छ।

हरायो दशैँमा चंगा उडाउने चलन

दशैँमा सबैसँग जमघट हुने, टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चंगा बनाएर कसले माथि पुर्‍याउने भन्दै उडाउने चलन बिरानो भइसकेको छ।

नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको पूजा गरिँदै

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दै दशैँ मनाउने गर्छन्।

जनकपुरमा शुक्रबार झिझिया महोत्सव हुने

मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै महोत्सव आयोजना गर्न लागिएको नव मिथिला फाउन्डेसनले जनाएको छ।

नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा गरिँदै

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। यस वर्ष काठमाडौँ उपत्यकाका शक्तिपीठहरू विशेष रूपमा सजाइएको छ।

साहित्यकार चित्तरञ्जन नेपालीको निधन

नेपालीलाई ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि २०१३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो।

नवरात्रको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजा गरिँदै

नवरात्रका अवसरमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ। 

मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार अर्पण 

ऐँठनका लेखक ओझालाई मदन पुरस्कार र चित्रकार मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरिएको छ।

बडादशैँ शुरू, घटस्थापनाको उत्तम साइत ११ः२९ बजे 

नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरिन्छ। घटस्थापनाको उत्तम साइत बिहान ११: २९ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। 

पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति

मुस्ताङमा पहिले–पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुन्थे। केही वर्षयता भने नाच अवलोकन गर्न देशी तथा विदेशी पर्यटकसमेत आउने गरेका छन्। 

‘धेरैले चित्त दुखाए तर महिलाका सवालमा लेख्न छोडिनँ’

पुस्तक लेखनका क्रममा क्यान्सर भएको, त्यतिबेला आफ्नो स्वास्थ्यको भन्दा लेख्न नपाउने हो कि भन्ने चिन्ताले आफूलाई पिरोलेको लेखक लम्सालको भनाइ छ।

तीर्थयात्री घटेपछि फुर्सदिला बने कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित

तीर्थयात्री कम हुँदा म्याग्दी र मुस्ताङका होटल, यातायातदेखि पूजा सामग्री बिक्री गर्नेलाई समेत असर गरेको छ।