३० वर्षअघि नेपालीबाट प्रतिव्यक्ति २५ र विदेशी पर्यटकबाट ५० रुपैयाँ लिएर गुरुङ पोशाक लगाइदिने गरेकी हरिमायाको सिको गर्दै अहिले पूरै घान्द्रुकका होमस्टेले यसैलाई यहाँको चिनारी बनाएका छन्।
उमेरले नेटो काट्दै गर्दा सत्यमोहनले आफ्नो निवास बखुंबहालमा निर्माणाधीन संग्रहालयमा एउटा अलौकिक चित्रकला (चक्रसंवर पौभा भित्तेचित्र) रच्न लगाए। त्यो भित्ते चित्रकला पूरा नहुँदै संसारबाट बिदा लिए।
परापूर्वकालदेखि चलिरहेको यो पर्व बीचमा २५ वर्ष रोकिएपछि अहिले पुनः शुरू गरिएको सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले बताए।
नाच लोप हुने डरले थारू अगुवाहरूले मेडरी नाचका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाएका छन्।
३० वर्षअघि नै प्रकाशमा आएको प्राचीन मगर र अक्खा लिपिमाथि पर्याप्त बहस र मन्थन गर्ने ठाउँ हुँदाहुँदै बौद्धिक तप्का चुपचाप बस्नुले मगर लिपि प्रयोगमा ल्याउन नचाहेको प्रष्ट हुन्छ।
मंगलबार दशैँको मुख्य दिन छुटेका पारिवारिक सदस्य र आफन्तको हातबाट बुधबार पनि प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ।
दशैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारहरूको भनाइ छ।
पहिले–पहिले भव्य रूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दसैँ मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेको पालुङवाको भनाइ छ।
राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा लगायत उच्चपदस्थ अधिकारीसहित सर्वसाधारणलाई टीका लगाइदिएका छन्।
‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे। उनी हालै ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फर्किएका छन्।
राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।
म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा तत्कालीन थापा राजाका पालादेखि छेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ।
प्रत्येक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म अन्न ग्रहण नगरी अनुष्ठान गर्ने गरेको उनले बताए।
टीका प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनसँगै झिलिमिली दृश्यकाे तस्वीर लिन तथा भिडियाे, टिकटक बनाउनेहरूकाे पनि भिड लाग्ने गरेको छ।
दशैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ।
महानवमीको अवसरमा बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारीसाधनले आफूलाई सधैँ साथ दिने, नबिग्रिने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन्।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुला गर्ने चलन छ। मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजन बिहानैदेखि लामबद्ध छन्।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने गर्छ।
भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बस्ने र विजयादशमीका दिन ससुराली जाने गर्छिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहेको छ।