AnonymousUser

Logout

प्रवासीको कथा बोकेको कृष्ण कुसुमको 'पार्श्वधुन'

कृष्ण कुसुमको कथासंग्रह पार्श्वधुनमाथि साहित्यकार तथा समीक्षकहरूले परिचर्चा गरेका छन्।

टुवेल्थ फेल रिस्टार्टः हार्न नजान्नेहरूको कथा

भर्खरै एनिमल, जवान, पठान, गदर–२ लगायत लडाइँ, मारकाट र बदलाको भावना भरिएका फिल्मबाट अमन भएका दर्शक केही यस्ता फिल्मको पर्खाइमा थिए, जसमा जीवनका वास्तविकता जोडियोस्।

लेखक दिपा दाहालको पुस्तक ‘कोभिड: नसोचेको–नभोगेको संकट’ विमोचित

लेखक दाहालले कोभिड महामारीका बेलाको सरकारको लापरबाही, बेथिति, बदमासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुस्तकमा समावेश गरिएको बताइन्।

पितृसत्ता अर्थात् पगला घोडाहरूको आधिपत्य

बुद्धकालीन समाज, पर्ल एस बकले भोगेको समाज, बादल सरकारले भोगेको समाज र हामीले भोग्दै गरेको समाजको संरचना उस्तै हो। नेतृत्व फेरिने तर पितृसत्ताको संरचना नफेरिने, सत्ताको, घरको र समाजको पनि।

त्यो चीत्कार, त्यो मृत्युशृंखला!

सरकारले कोरोनाको पहिलो लहरमा जस्तै सीमा नाका भद्रगोल छाडिदियो। परीक्षण र उपचार सेवा बिस्तार गरिएन। यस्तो अवस्थामा कोरोनाको दोस्रो लहर भित्रिने र यसले ठूलो क्षति पुर्‍याउने निश्चितप्रायः नै थियो।

जितगढी किल्ला पुनः निर्माण, बुटवल उपमहानगरलाई हस्तान्तरण गरिँदै

किल्ला क्षेत्रमा सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रूपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको छ। अब उपमहानगरले यसको संरक्षण गर्नेछ।

बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

नगद एक लाख रुपैयाँ राशी रहेको पुरस्कार तथा सम्मान चैतमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर प्रदान गरिनेछ।

बुंगमतीबाट चार दशकअघि हराएका दुई मूर्ति फर्काइँदै, स्थानीयलाई सुरक्षाकै चिन्ता

बुंगमतीबाट चार दशकअघि हराएका दुई मूर्ति अमेरिकामा भेटिएका छन्। अहिले मूर्ति फिर्ता ल्याउने प्रक्रिया शुरू गरिएको छ। ती मूर्ति पुजेका र अहिलेसम्म देख्दै नदेखेका दुवै पुस्ता मूर्तिको पर्खाइमा छन्।

कथासंग्रह ‘कालो गुलाफ’ र ‘मृत्युको छहारीमा’ सार्वजनिक

कथाकार गोपाल अश्कको कथासंग्रह ‘कालो गुलाफ’ र विनयराज गौतमको ‘मृत्युको छहारीमा’ सार्वजनिक भएका छन्।

इस्वी संवतको नयाँ वर्ष शुरू, राष्ट्रिय पाेसाक र टोपी दिवस पनि मनाइँदै

इस्वी संवत‍्को नयाँ वर्ष शुरू भएको छ। यस दिन नेपाली टोपी दिवस पनि मनाउने गरिन्छ।

गुरुङ समुदायले तमु ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले तमु ल्होसारका रूपमा मनाउने गरेका छन्।

नाबालिग बलात्कारी बाबाविरुद्धको मुद्दा जिताउने ‘बन्दा’

प्रतिवादी पक्षका वकिल बालिकालाई बालिग भएको प्रमाणित गर्ने प्रयासमा लाग्छन्। उनीहरूले स्कुल भर्ना हुँदाको कागजात पेश गर्छन्। तर वादी पक्षका वकिल सोलंकीले ६ वर्ष मुद्दा लडेर बाबालाई जेल पठाएरै छाड्छन्।

राणाकालका क्रान्तिकारी पण्डित

असनमा पुराण वाचन गरेर समसामयिक राजनीतिक चेतना जागरण गर्ने पण्डित मुरलीधरलाई शुक्रराज शास्त्रीसँगै पक्राउ गरिएको थियो। केही समयमा जेलबाट छुटेपछि मुरलीधर बनारसतिर निर्वासित भएका थिए।

भोजपुर प्रतिभा सम्मान ‘हिरण्य भोजपुरे’ र पुरस्कार ‘करुणा राई’लाई प्रदान गरिने

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई/दुई वर्षमा यो पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ।

नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक

सामाजिक विसंगतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छन्’ भनेर आशा पनि देखाएको छ। 

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला

तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अंग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए।

ओस्कार विजेता चलचित्र 'प्यारासाइट'का अभिनेता लि सन आफ्नै कारभित्र मृत भेटिए

उनले आत्महत्या गरेका हुन् या मृत्युको अरु नै कारण हो भन्नेबारे अझै पुष्टि नभएको प्रहरीले जनाएको छ।

उँधौलीको रमझम: भूमिको पूजा गर्दै नाचियो साकेला

खार्मीका किरात समुदायले रुपाकोटगढीमा भेला भएर सामूहिक रूपमा भूमिको पूजा गर्दै, साकेला नाच्दै उँधौली मनाउने गरेका छन्।

मौलिक संस्कृतिको जगेर्ना साझा जिम्मेवारी: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विष्णु भण्डारीको कथासंग्रह ‘अरुन्धतीको मृत्यु’ बजारमा

भण्डारीले कथामार्फत् सशस्त्र द्वन्द्वकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन्।